जनकपुरधाम, १६ मंसिर । जनकपुर १३ स्थित मनिमण्डपमा यतिबेला सामूहिक विवाहकाे राैनक छाएकाे छ । आयोजक विश्व हिन्दू परिषद र मनिमण्डप समिति हजाराैँ अतिथिका लागि भोजन र सत्कारमा व्यस्त छन् ।
एकल विद्यालयका राष्ट्रिय अध्यक्ष तथा समाजसेवी ओम सर्राफले दाइजोलाई निर्मूल गर्ने उद्देश्यले नै यो सामूहिक विवाहको कार्यक्रमका आयोजना गरिएको बताए । सर्राफले भने, ‘हामी दाइजोलाइ निरुत्साहित गर्न र दाइजोको नाममा हुने ठुलो लेनदेनलाई समेत समाप्त पार्न पनि यो सामूहिक विवाहको आयोजना गरेका हाैँ ।’
उनका अनुसार अहिले मिथिला समाजमा वैवाहिक खर्च धान्न सक्ने अवस्था छैन । त्यसकारण पनि यस प्रकारको विवाहको उत्सवको खाँचो रहेको छ । यति बेला मनिमण्डपमा दुइ दर्जन बढ़ी रथ, बैंड बाबा र ढोल पिपहीसहित बेहुला-बेहुलीलाई नगर परिक्रमा गराउने तैयारीमा छन्, आयोजकहरु ।
