Gandak News
Our News Your Views
Lets

पोखरामा पनि गरियो सागको उद्घाटन [फोटो/भिडियो]

अदालतले रोकेको ठाउँमा १० लाखको आतिशबाजी

पोखरा । १३ औं दक्षिण एसियाली अन्तर्गत पोखरामा हुने खेलको सोमबार औपचारिक सुरुआत भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा रंगशालामा भव्य समारोहबीच साग उद्घाटन गरेका हुन् ।

राष्ट्रिय झन्डा ट्रायथोलन खेलाडी सोनी गुरुङले बोकेकी थिइन् । पोखरामा सुरु भएका खेलमध्ये सोमबार बिहान लेकसाइडमा भएको ट्रायथोलन खेलमा पोखराबाट पहिलो स्वर्ण विजेता भएको हैसियतले उनलाई झन्डा बोक्न दिइएको हो ।

उद्घाटन कार्यक्रम दिउँसो २ बजे कार्यक्रम थियो । त्यसका लागि काठमाडौंबाट खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रमेशकुमार सिलवालसहितको टोली पोखरा आएको थियो ।

उद्घाटन समारोहमा झाँकी प्रदर्शन गर्न विभिन्न विद्यार्थी तथा कलाकर्मी बिहानै रंगशालामा उपस्थित थिए । तर, उद्घाटन समारोह ढिलाइ भएपछि रंगशाला आएका अधिकांश दर्शक त्यत्तिकै फर्किन बाध्य भए ।

औपचारिक कार्यक्रमको सुरुआतमा नेपाली राष्ट्रिय गान बजाउने चलन छ । तर, पोखरा रंगशालामा भने सोमबार फरक दृश्य देखियो । झाँकी, तथा अन्य गीत बजिसकेपछि बल्ल राष्ट्रिय गान बजाइयो । ‘कार्यक्रमको सुरुआतमा बजाउनुपर्ने बिर्सिएछ,’ आयोजक समितिका एक पदाधिकारी भन्दै थिए, ‘ढिलै भए पनि बजाइयो । त्यही ठूलो कुरा हो ।’

पोखरामा आतिसबाजी नगर्न, नगराउन अदालतले आदेश दिएको थियो । तर साग उद्घाटनको अवसरमा रंगशालामा २ थरि आतिसबाजी गरियो । रंगशालाको पूर्वतर्फ साग आयोजक समितिले काठमाडौंबाट ल्याएको आतिसबाजी गरेको थियो भने पश्चिमतर्फ स्थानीय सहजीकरण समितिले भारतबाट ल्याएको आतिसबाजी गरेको थियो ।

१३ औं सागमा पोखरामा गरियो १० लाख खर्चेर आतशबाजी

१३ औं सागमा पोखराको रंगशालामा १० लाख खर्चेर आतशबाजी गरिएको छ । तर अव्यवस्थित र बेढंगका साथ घण्टौ लगाएर गरिँदा केही मिनेटबाहेक सहभागीले रमाईलो मानेनन् । पोखरामा अदालतले नै पड्काउन रोक लगाएको छ । त्यसैले, नयाँ वर्षमा लेकसाइडमा पछिल्लो समय आतशबाजी गरिएको छैन । लेकसाइडमा रोक, तर पोखरा रंगशालामा छुट ? भन्दै प्रश्न गरेका थिए ।

Posted by GandakNews on Monday, 2 December 2019

करिब २ घन्टासम्म आतिसबाजी गरिएको थियो । लामो समयसम्म चर्को अतिसबाजी गर्दा रंगशाला धुँवा र बारुदमय भएको थियो ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको