Gandak News
Our News Your Views
sag adv
Lets

कूल पूजा गर्न गुल्मी जाँदै गर्दा बागलुङमा जीप दुर्घटना: १४ को मृत्यु, ३ घाइते

घाइतेको अवस्था गम्भीर, खोलाले बगाएर एक बेपत्ता

Loading...

पोखरा । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका-७ स्थित सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो ।

दुर्घटनामा ९ महिला, ४ जना पुरुष र एक जना बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टराईले पुष्टि गरे ।

अन्य ३ जना गम्भीर घाइते भएका छन् भने एक जना खोलाले बगाएर बेपत्ता भएको एसपी भट्टराईले जानकारी दिए ।

घाइतेलाई प्राथमिक उपचारका लागि उद्धार गरी बुर्तिबाङ लिइएको छ । थप उपचारको काठमाडाैं ल्याउन हेलिकप्टरको पहल गरिएको प्रहरीले जनाएको । जीपमा १८ जना सवार थिए ।

मृत्यु हुनेहरु
– रेशम थापा, गुल्मी इस्मा गाउँपालिका–५
– वसुन्धरा कार्की, ४० वर्षीय, इस्मा गाउँपालिका–५
– मैया थापा, २३ वर्षीय
– झुमा कार्की, नवलपरासी वर्दघाट
– लक्ष्मी केसी, ५५ वर्षीय, बागलुङ बडिगाड–५
– सीता कार्की, ४० वर्षीय इस्मा –५ गुल्मी
– तुलसी कार्की, इस्मा
– भूमि कार्की ४५ वर्षीय, इस्मा
– मीना कार्की २५ वर्षीय, इस्मा गुल्मी
– धनबहादुर कार्की इस्मा गुल्मी
– झवि कार्की, ४० वर्षीय, इस्मा गुल्मी

अन्य ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Loading...

                                                                                                                               फोटो : सुमन सुनार

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको