Gandak News
Our News Your Views
sag adv
Lets

गण्डकी प्रदेश र तिव्वत बीच सुमधुर सम्बन्ध –मुख्यमन्त्री गुरुङ

Loading...

पोखरा-  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको र चीनको विरुद्धमा कुनैपनि गतिविधि हुन नदिन दृढ सङकल्पित रहेको बताए । गण्डकी प्रदेशको आमन्त्रणमा दुई दिनको पोखरा भ्रमणमा आउनु भएका चीनको स्वायत्त प्रान्त तिव्वतका रिपव्लिक चेयरमेन क्विजहारा को सम्मानमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले नेपाल र चीन सरकारका साथै दुई देशका जनता बीचको सम्वन्ध सुमधुर रहेको बताए ।

उहाँले गण्डकी प्रदेश र तिव्वतको भौगोलिक सिमानामा गण्डकी प्रदेशका मुस्ताङ, मनाङ र गोर्खाको सिमाना जोडिनुका साथै संस्कृति पनि समान रहेको बताए । दुवै देश शान्तिका साथै समानता र आपसी सम्वन्धमा विश्वास गर्ने गरेको उल्लेख गर्दै उहाँले तिव्वतका चेयरमेन क्विजहाराको पोखरा भ्रमणबाट सम्वन्ध थप उचाईमा पुगेको बताए ।

चीनका राष्ट्रिपति सिजिङपिङको ऐतिहासिक नेपाल भ्रमणको प्रसङ्ग उल्लेख गर्दै दुवै मुलुक एक आपसमा साझेदारी माफत विकास र समृद्धिमा थप टेवा पुग्ने विश्वास प्रकट गरे  ।नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको यसै बर्ष चीनको ल्हासाको मैत्रीपूर्ण भ्रमणको माध्ययमबाट दुवै देशको सम्वन्ध झन प्रगाढ भएको उहाँले बताए ।
चीनको सहयोगमा पोखरामा निर्माण भईरहेको अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तीब्ररुपमा भई रहेको जानकारी गराउँदै मुख्यमन्त्री गुरुङले नेपालको सडक विस्तार, विमानस्थल, जलविद्युत परियोजना लगायतका योजनाहरुमा सहयोग जारी रहने विश्वास प्रकट गरे  ।

‘समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न चीन सरकारको सहयोग आवश्यक रहेकाले मुलुकका  साथै गण्डकी प्रदेशमा लगानीको गर्न आव्हान गरे  ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको