पोखरा नदिपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थीका लागि शेयर लगानी सम्बन्धी तालिम ‘इन्भेस्टमेण्ट अवेरनेस प्रोग्राम’ सम्पन्न भएको छ
प्रिमियर सेक्यूरिटीजको आयोजना तथा पिसिएमको व्यवस्थापनमा भएको तालिममा कलेजमा अध्ययनरत विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो ।
पढाई सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले कलेजले यो कार्यक्रम गरेको बीसीआईएस संयोजक हरिप्रसाद बरालले बताए ।
प्रिमियर सेक्यूरिटीजका तर्फबाट पोखरा शाखाका प्रमुख दिपक पौडेल, काठमाडौं केन्द्रीय कार्यालयका डिम्याट प्रमुख सूर्य खनाल, केन्द्रीय कार्यालयका मार्केटिङ प्रमुख सुविना तुलाधर, विक्रम चित्रकार र सञ्जीव घिमिरेले शेयरबजारका बारेमा प्रस्तुतिकरण दिएका थिए ।
करिब २ घन्टा सन्चालन भएको कार्यक्रममा बीबीए कार्यक्रम संयोजक हरि अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिविच्छ्या नेपाली र समिक्षा तिमिल्सिनाले गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा सेती भीरबाट हामफालेकी राईको उद्धार
पोखरामा स्कुटर दुर्घटना हुँदा मौसमको मृत्यु, भीरमा अड्किएको अवस्थामा भेटियो
कास्कीको रूपामा ट्याक्टर दुर्घटना, सात जना घाइते
मर्दी हिमाल चढ्ने क्रममा लडेर मृत्यु भएका पर्यटक गाइडको शव फेला
गण्डकी सरकार सञ्चालनका लागि बन्यो कांग्रेस-एमालेको संयन्त्र
नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
यो पनि पढौँ
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
बागलुङमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो
दाङबाट भ्रमणमा आएको बस पोखराको शान्तिस्तूपा नजिकै दुर्घटना