मिस वर्ल्डमा दुई विधामा विजेता बनिन् श्रृंखला, ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पज’ अवार्ड (भिडियोहरु)

मिस वर्ल्डमा दुई विधामा विजेता बनिन् श्रृंखला, ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पज’ अवार्ड (भिडियोहरु)

Shrinkhala

राजकिरण छत्कुली, हेटौंडा । मिस वर्ल्डमा यस वर्ष नेपालले सर्वाधिक सफलता हात पारेको छ । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगतका दुई विधामा आफूलाई अब्बल सावित गरिसकेकी छिन् ।

उनले ओवरअल मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पज अवार्ड जितेकी छिन् । अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । कुनै एक अवार्ड जितेपनि टप ३० मा स्थान सुरक्षित हुने थियो । तर उनले एकै दिन एक पछि अर्को गरी लगातार दुई अवार्ड जितेकी हुन् ।

सोमबार सार्वजनिक भएको नतिजामा उनी उत्कृष्ट ठहरिएकी हुन् । नेपालकी प्रतियोगीले मल्टिमिडिया अवार्ड जितेको पहिलोचोटि हो । ‘ब्युटी विद पर्पस’ भने २०१३ मा इशानी श्रेष्ठले जितेकी थिईन् । मल्टिमिडिया भोटिङमा सबैभन्दा अगाडि बनेकी श्रृंखला मिस वल्र्डको इतिहासमा दोस्रो पल्ट अवार्ड जित्ने नेपाली बनेकी छिन् । दुई अवार्ड भने उनकै नाममा रह्यो । प्रतियोगितामा यात्रा जारी रहेकाले उनको आत्मविश्वास बढेका कारण अझै सफल हुने विश्वास लिइएको छ ।

उनले हर्षको आँशु खसेकाले आँखा सुन्निएको भन्दै नेपालीसँग भिडियो मार्फत खुशी साटेकी छिन् । सामाजिक सञ्जालमा स्टोरी र टिकटकमा भिडियो सार्वजनिक गर्दै उनले सम्पूर्ण नेपालीको मायाले आफूले यतिको सफलता पाएको भन्दै धन्यवाद दिएकी छिन् ।

https://www.facebook.com/gandaknews/videos/270535176989397/

बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ । मेक्सिको र केन्याका सुन्दरी दोस्रो र तेस्रो स्थानमा छन् । यसैगरी सान्या टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृंखला तेस्रो स्थानमा रहेकी छिन् । ब्युटी विथ पर्पजका लागि शृंखलाले चेपांगको जनजीवनका सम्बन्धमा भिडियो तयार पारेकी थिईन् ।

विश्वका सञ्चारमाध्यमले अरू देशसँगै नेपाललाई सम्भावित मिस वल्र्डको ‘कन्टेन्डर’का रूपमा चर्चा गरिरहेका बेला दुई दिन अघि जब हेड टु हेड च्यालेञ्जमा सिंगापुरकी सुन्दरी भेनेसा पहेसँग श्रृंखला पछाडि परिन्, त्यसपछि दिनरात भोट गर्ने नेपाली निराश बनेका थिए ।

उनी टप २० सम्म त्यस विधामा पुगेकी थिईन् । उनले आफूले सक्दो राम्रो गर्ने र अझै १७ जना बाँकी रहेकाले आशावादी रहेको भिडियो सन्देश नै सार्वजनिक गरेकी थिईन् ।

३५.११ प्रतिशत भोट प्राप्त गरिसकेकी श्रृंखला नम्बर वान बनेकी हुन् । नेपालीको माया र भोटले आफू निकै अगाडि पुगेको भन्दै उनले हारेर नेपालीलाई निराश नबनाउने बताएकी छिन् । मिस वल्र्डको प्रावधानअनुसार विभिन्न फास्ट ट्र्याक इभेन्टमा विजेता बन्ने प्रतियोगी सीधै सेमिफाइनलमा प्रवेश गर्छन्। ‘वल्र्ड बिच ब्युटी’, ‘ब्युटी विद पर्पस’, ‘स्पोट्र्स च्यालेन्ज’, ‘ट्यालेन्ट’, ‘हेड टू हेड च्यालेन्ज’, ‘मल्टिमिडिया’ र ‘टप मोडल तथा डिजाइन’ गरी सात विधामा विजेता बन्ने सुन्दरी फास्ट ट्र्याकको माध्यमबाट सीधै सेमिफाइनलमा प्रवेश गर्छन्। मिस वर्ल्ड २०१८ को ग्रान्ड फिनाले ८ डिसेम्बर, शनिबारका दिन हुँदैछ।

नेपालले यसअघि जितेको ब्युटी विथ पर्पज भिडियो यस्तो थियो । मिस नेपाल २०१३ इशानी श्रेष्ठले यस्तो तयार पारेकी थिईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ