तनहुँको आँबुखैरेनीमा बस दुर्घटना: ३२ जना घाइते, चितवन र आबुखैरेनीमा उपचार हुदै

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना: ३२ जना घाइते, चितवन र आबुखैरेनीमा उपचार हुदै

acc aabu nari

तनहुँ । तनहुँको आँबुखैरेनीमा अाइतबार दिउसाे बस दुर्घटनामा भएकाे छ । सो दुर्घटनामा परि ३२ जना बसमा सवार यात्रु घाइते भएका छन् ।

लमजुङको बेँसीसहरबाट नारायणघाट तर्फ जाँदै गरेको ना ४ ख ७८४१ नम्बरको बस आफै अनियन्त्रित भई पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ नारीघाटमा बस उक्त दुर्घटना भएको हो ।

बस सडकबाट ५० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ । घाइतेहरुको छिम्केश्वरी अस्पताल आँबुखैरेनी र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सवारी चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ