दृष्टिविहीनको उज्यालो बजारमा आगलागी, २ करोडको क्षति, १७ सटर नष्ट

दृष्टिविहीनको उज्यालो बजारमा आगलागी, २ करोडको क्षति, १७ सटर नष्ट

ujyalo-bajar

तस्बिर : सुदर्शन रञ्‍जित

पोखरा । पोखरामा दृष्टिविहीन र शारीरिक अपांगता भएकाहरुको समूहले खोलेको ‘उज्यालो बजार’ मा शुक्रबार राति आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनीमार्केटमा संचालनमा रहेको उक्त बजारमा शुक्रबार मध्येरात करिब १२ बजे भएको आगलागीबाट करिब दुई करोडको क्षती भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।

आगलागीबाट बजारका ६० वटा सटर मध्ये १७ वटा सटर पुर्ण रुपमा जलेको, १७ वटा सटर आंशिकरुपमा क्षति भएको र २४ वटा सटरमा कुनै क्षति पुगेको छैन ।

डिएसपी कार्कीका अनुसार राति २ बजेमात्रै आगो नियन्त्रणमा आएको थियो । २ घण्टासम्म नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, दमकल र स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । । विद्युत सट भएर आगोलागि भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

दृष्टिविहीन भएका व्यक्तिलाई व्यावसायिकता र उद्यामशिलतामार्फत आत्मनिर्भर बनाउने उद्देश्यका साथ २ वर्ष अघिदेखि सञ्चालित बजारमा भएको यो क्षतिले आफै सक्षम भएर जिवन निर्वाह गर्छु भनेर अघि बढेकाहरुलाई आहत बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ