दोलखाको सोती बजारमा आगलागी, ४ घर जलेर नष्ट

दोलखाको सोती बजारमा आगलागी, ४ घर जलेर नष्ट

aago lagi

दोलखा – कालिञ्चोक गाउँपालिका वडा नम्बर–८ सुनखानीमा रहेको सोती बजारमा आइतबार बिहान आगलागी हुँदा पसलसहितको ४ ओटा घर जलेको छ । अन्य दुईवटा घरमा पनि आंशिक क्षति पुगेको छ ।

सोती बजारमा रहेको घनश्याम उप्रेति, चित्रबहादुर खरेल, राजेन्द्र सेढाई र नारायणप्रसाद शिवाकोटीको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । त्यसैगरी पदमराज शिवाकोटी र विष्णु शिवाकोटीको घरमा आशिंक क्षति पुगेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजीत तामाङले जानकारी दिनुभयो ।

क्षति पुगेका घर मध्ये उप्रेतिको इलेक्ट्रोनिक पसल, खरेलको होटल, सेढाइको होटल र पसल सञ्चालनमा थियो ।होटल र पसल सञ्चालन गरिएका घरहरुमा आगलागी हुँदा करिब एक करोड ९७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीका कारण सुनखानीको ठकर्पुमा रहेको विद्या विकास बोर्डिङ स्कुलको पार्क गरिराखेको बा १३ च ३४८४ नम्बरको स्कुल बसमा समेत क्षति पुगेको छ ।राति साढे एकबजेदेखि लागेको आगो भिमेश्वर नगरपालिकाको दमकल, सुरक्षाकर्मीसहित स्थानीयबासीन्दाले बिहान ८ बजे नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ