‘आज हाम्रो भेट भाको दिन’ भन्दै ‘दि ब्रेकअप’ फिल्मको गितमा यसरि नाचे आशिरमान र शिल्पा (भिडियो सहित)

‘आज हाम्रो भेट भाको दिन’ भन्दै ‘दि ब्रेकअप’ फिल्मको गितमा यसरि नाचे आशिरमान र शिल्पा (भिडियो सहित)

tbu1

काठमाडौं । तिहार नजिकिँदै गर्दा चलचित्र ‘दि ब्रेकअप’ टिमले दर्शकलाई उपहार स्वरुप पहिलो गीत सार्वजनिक गरेको छ । ‘आज हाम्रो भेट भाको दिन’ बोलको उक्त गीतमा अभिनेता सरोज खनाल, आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की माथि छायाँकन गरिएको छ ।

यो गीत यस अगाडि निर्माण भएको चलचित्र ‘ज्वाला’मा समावेश गरिएको थियो । सोही गतिलाई रिमेक गरेर अहिले फेरि राखिएको हो । पहिले यो गीतमा बुद्धवीर लामाको शब्द र शिलाबहादुर मोक्तानको संगीतमा स्वर आशा भोस्ले र उदितनारायण झाले दिएका थिए ।

अहिले भने गीतमा स्वर विराज गौतम र मेलिना राईको छ । कविराज गहतराजको कोरियोग्राफी गीतमा रहेको छ । हेमराज बिसीको निर्देशनमा बनेको चलचित्रमा नरेन्द्र मैनालीको छायाँकन रहेको छ भने रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।

नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको चलचित्रको कथा पनि निर्देशक बिसीको नै हो । चलचित्र २७ पुसबाट प्रदर्शनमा आउँदैछ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ