भारतीय रियालिटी शो ‘सारेगमप’ मा नेपाली बाल-प्रतिभा प्रितम भए सेकेन्ड रनर-अप, आयुष चौथो

भारतीय रियालिटी शो ‘सारेगमप’ मा नेपाली बाल-प्रतिभा प्रितम भए सेकेन्ड रनर-अप, आयुष चौथो

Aayush-and-Pritam.2e16d0ba.fill-650×500

काठमाडौं । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा दुई नेपाली बालकले पुरस्कार पाएका छन् । नेपालका प्रतिभाशाली बा-(कलाकार प्रितम आचार्यले सेकेन्ड रनर-अप तथा अर्का नेपाली प्रतिस्पर्धी बाल(प्रतिभा आयुष केसीले चौथो स्थान लिएर पुरस्कृत भएका हुन् ।

भारतीय च्यानल जी टीभीको कार्यक्रमको फाइनलमा प्रितम आचार्यले ‘सेकेण्ड रनर अप’ को उपाधि हात पार्दै तेस्रो स्थान ओगटेका हुन् । सो कार्यक्रमको फाइनलमा ६ जना प्रतिस्पर्धी पुगेका थिए ।

सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै निर्णायकहरुको मन जित्दै आएका थिए भने स्रोतारदर्शकको मनमा समेत बस्न उनी सफल थिए । उनी ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेको बताइन्छ । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा समेत दोस्रो भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ