सूर्य तिमिल्सिना : चीनबाट सिमेन्ट बोकेर आएको माल बाहक ट्रक कोरला नाका नजिकै दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । नेपाल चीनको सिमानाबाट पाँच किलोमिटर उत्तर तर्फ उक्त ट्रक दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्र प्रसाद रेग्मीका अनुसार शनिबार देखि सुरु भएको अन्तर देशीय मेलाबाट सिमेन्ट लोड गरेर फर्कंदै गरेको ग १ ख ५५६० नम्बरको मालबाहक ट्रक लोमान्थाङ गाउँपालिका वडा नम्बर ४ स्थित नेचुङ खोलामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दुर्घटनामा लोमान्थङ गाउँपालिका ३ ठिङ्गर बस्ने ४९ वर्षीय घ्याचो गुरुङ गम्भीर घाइते भएका छन् । घाइते गुरुङको टाउको र कम्मर पछाडिको भागमा चोट लागेको छ । ट्रकमा सवार तनहुँ व्यास नगरपालिका १० बस्ने वर्ष २९ का विशाल क्षेत्री र ट्रकका चालक बाग्लुङ निसी गाउँपालिका ६ का वर्ष ३५ का श्यामलाल घर्तीमगर सामान्य घाइते छन् ।
समथर भूभागको नेचुङ भन्सार नजिकै उत्तरतर्फको नेचुङ खोला नजिक ब्रेक फेल भई ट्रक दुर्घटनामा परेको हो ।शनिबार देखि सुरु भएको ब्यापार मेला १० दिन सम्म चल्ने छ ।चीनतर्फ हुने उक्त मेलामा दुई देशका मानिसले आफ्नो ठाउँबाट उत्पादित खाद्यान्न,लत्ताकपडा,विद्युतीय सामान र निर्माण सामाग्री बिक्री गर्छन् ।
सम्बन्धित खबर
स्याङ्जा भिरकोटका दुईजना अवैध लागूऔषधसहित पक्राउ
पोखराको लेकसाइडबाट अवैध लागु औषध र नगदसहित ४ जना पक्राउ
बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु
गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने
पोखरामा सहकारी पीडित संगठित, ६ वटा सहकारीबाट पीडित भएकाहरुले बनाए संघर्ष समिति
पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटना, चार जना घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग