नयाँबजारको त्यो भयानक दुर्घटना: कारमाथि बाइक चढ्नुको रहस्य खुलाए प्रत्यक्षदर्शीले

नयाँबजारको त्यो भयानक दुर्घटना: कारमाथि बाइक चढ्नुको रहस्य खुलाए प्रत्यक्षदर्शीले

accident (2)

पोखरा । आइतबार दिउँसो पोखरा नयाँबजारमा एउटा खतरनाक सवारी दुर्घटना भयो । मोटरसाइकल र कार आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २० वर्षिय सन्देश सुवेदी घाईते भए ।

घाईते सुवेदीले ग ६ प ३८६३ नम्बरको मोटरसाइकल चलाएका थिए । सोहि मोटरसाइकलसँग आपसमा जुध्ने कार भने १९ वर्षिय रेमन बाँस्तोलाले हाँकेको थिए । बुझिन आए अनुसार बाँस्तोला शिकारु चालक हुन् । प्रत्यक्षदर्शी भन्छन् ‘चालक फुच्चे थिए । लाइसेन्स पनि पाइसकेका छ्रनन् । ट्रायल पास गरेको चिट बोकेको थाहा पायौं ।’

रेमन ग २ च ८०५ नम्बरको कारमा महेन्द्रपुलबाट नयाँबजारतर्फ झर्दै थिए भने सुवेदी नयाँबजारबाट उकालो लाग्दै थिए । बीचमा रामघाट पुलतर्फ जाने एउटा बाटो पनि जोडिएको ठाऊँ छ । लगभग यो तीनवटा दिशा छुट्टिने चोक हो । र, त्यहिँ यो दुर्घटना भएको थियो ।

अहिले घाइते सुवेदीको मनिपाल अस्पतालमा उपचार भैरहेको छ । उनी बेहोश छन् । अस्पताल स्रोतले बताएअनुसार उनको दिमागमा समस्या देखिएको छ । बाबा चन्द्र सुवेदी र आमा भवानी सुवेदीका एक्ला छोरा उनी अहिले पोखरा पृथ्वीनारायण क्याम्पसमा बिबिएस प्रथम वर्ष अध्ययनरत छन् । उनले प्रजु इन्टरप्राइजेजमा जागिर समेत गर्दै आएका छन् ।

मिडियाले पीडितलाई नै दोषी देखाए : घाइतेका काका

घटना भएको केहि छिन पछि मिडियामा समाचार देखिन थाले । समाचारमा तीव्र गतिमा आएको मोटरसाइकल कारमाथि उक्लिएर दुर्घटना भएको भन्ने खालको थियो ।

प्रहरीले मिडियाका लागि उपलब्ध गराएको समाचार स्रोतमा यस्तो खाले विवरण लेखिएको छै्रन । यद्यपी समाचारमा त्यसरी आएको कुरालाई प्रत्यक्षदर्शीले झुटो भएको बताउँछन् । दुर्घटना भएको चोकको ठ्याक्कै अगाडि प्रिन्टिङ व्यवसाय गर्दै आएका व्यवसायीका अनुसार तीव्र गतिमा आएको कारले ओभरटेक गर्ने क्रममा आफ्नै लेनमा आईसकेको मोटरसाइकललाई ठक्कर दिएको हो । यसो गर्दा मोटरसाइकल उछिट्एिको थियो र कारले सुवेदीलाई लछार्दै करिब ५० मिटर तलसम्म पुगेको थियो ।

यता घाइतेका काका राम सुवेदीले पनि मिडियाले पीडितलाई दोष थोपरेर दोषीलाई उम्किने वातावरण बनाईदिएको भन्दै गुनासो पोखे । ‘हामै्र छोरोलाई गाडीले हानेर यो अवस्था बनाएको छ । उल्टै त्यहि छोरोको दोष देखाएर हामीलाई मिडियाले के गर्न खोजेका हुन् ।’ घाइतेका काका राम सुवेदीले प्रश्न गरे । उनले सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेशण गर्न मिडियालाई सुझाए ।

घाइते सुवेदीका बुवा अहिले वैदेशिक रोजगारको क्रममा दुबईमा छन् । उनी आमासहित नदिपुरमा बस्दै आएका छन् ।

तीव्र गति नै दुर्घटनाको कारण

नयाँबजारमा भएको आइतबारको दुर्घटनालाई प्रहरीले तीव्र गतिकै कारण भएको प्रारम्भिक अनुमान लगाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले घटनाको बारेमा विस्तृत छानविन भैरहेको बताए । उनले गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको र घाइतेको उपचार भैरहेको बताए ।

चाडवाडको बेलामा सडकमा सवारी चाप बढि हुने भएकोले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको खतरा बढि हुने भएकोले सजग हुन उनले सर्वसाधारणलाई आग्रह समेत गरे ।

जक्सन डट कम

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ