लमजुङमा जीप दुर्घटना, एक जनाको मृत्यु (पूरा बिबरण)

लमजुङमा जीप दुर्घटना, एक जनाको मृत्यु (पूरा बिबरण)

accc

लमजुङ : लमजुङमा भएको सवारी दुर्घटनामा गम्भीर एक महिलाको मृत्यु भएको छ । बेसीशहर–१, उदिपुरमा आईतबार अपरान्ह भएको सवारी दुर्घटनामा परी दोर्दी–७, फलेनीकी डोल्मा तामाङको मृत्यु भएको हो ।

बस र जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । अपरान्ह सदरमुकाम बेसीशहरबाट भोटेओडारतर्फ जाँदै गरेको ना ४ ख २२८० नम्वरको बस र बेसीशहरबाटै दोर्दीको फलेनी तर्फ जाँदै गरेको ग १ ज ६५१९ नम्बरको जिप बेसीशहर–१, उदिपुरमा एक आपसमा ठोक्किएका हुन् । उदीपुरबाट फलेनी जाने बाटो बन्द भएकोले उक्त जीप उदीपुरबाट बेसीशहरतर्फ फर्कदैं गर्दा बससँग ठोक्किएर दुर्घटनामा परेको हो ।

गम्भीर घाईते भएकी ५० वर्षिया तामाङलाई उपचारका लागि चितवन लगिएको थियो । चितवन मेडिकल कलेजमा पनि उपचार हुन नसकेपछि आज विहान काठमाण्डौ लैजाने क्रममा बाटोमै मृत्यु भएको तामाङका आफन्तले बताएका छन् ।

दुर्घटनामा घाईतेमध्ये फलेनीकै ६० वर्षिय फान्तबहादुर तामाङ र २५ वर्षिया सुकमाला तामाङको अवस्था गम्भीर छ । जिपका चालक २२ वर्षिय विकास मझाकोटीसहित उनिहरुको चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतमध्ये बेसीशहर–३ की ४६ वर्षिया सुकमाया विकको जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds