दुर्घटनामा परेर मरिसके भनेका व्यक्ति जिवित भेटिएपछि…

दुर्घटनामा परेर मरिसके भनेका व्यक्ति जिवित भेटिएपछि…

roshan-jha

जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा गएराती एक जना युवक दुर्घटनापछि रातैभरि सडक पेटीमै छटपटाए । निर्माण भईरहेको फाटकमा सुपरभाईजरको काम गरिरहेका रोशन झा  काम सकेर साथीसँगै निस्कने क्रममा माेटरसाइकल दुर्घटनामा परे । झा कमला नगरपालिका वडा नं. २ सराबे स्थित निर्माण भईरहेको फाटकमा सुपरभाईजरको काम गर्छन् ।

दुर्घटनामा परेर बेहाेस भएपछि साथीहरूले साथ छाडे ।  बेहाेसी अबस्थामा उनलाई साथीहरूले मृत्यु भयाे भनेर फँस्ने डरले छाडेर भागे ।

विहानीपख खेततर्फ निस्केका स्थानीयहरुले झालाई सडक पेटीमा अलपत्र परेको देखेपछि प्रहरीलाई खबर गरे । साथीहरूले मरिसक्याे भनी छाडेका उनलाई स्थानीयले जिवित भेटे । ज ४ प ३६७७ नम्बरको मोटरसाईकलमा सबार झा गएराती करिब १२ बजेतिर काम सकेर जनकपुर जान लाग्दा अनियन्त्रित भएर दुर्घटना भएपछि आफू हाेसमा नरहेकाे झाले बताए ।

‘दुर्घटनापछि म वेहाेस भएपछि साथीहरू कता भागे मैले पत्ताे पाइँन’, उनले भने,  ‘जब मोटरसाइकल चिप्लियो, म सडक पेटीमा गएर ठोक्किँए, साथी आए र मलाई देखेर टाप कसे । त्यति बेला म बोल्न सक्ने अवस्था थिएन, तर सुन्न सक्थेँ । साथीले छाडेर भागेपछि धेरै पीडा भयो । रातैभरि मलाई सडक पेटीमा कसैले पनि देखेनन् र अलपत्र परेर रातैभरि सडक पेटीमै छटपटाएँ ।’

तिनकौरियाबाट गएको प्रहरी टोलीले उनलाई उद्धार गरेका थिए । उनकाे अनुहारमा गम्भिर चोट लागेको छ भने आँखा पूर्ण रुपले खोल्न सकेका छैनन् । उद्धारपछि उनकाे अस्पतालमा उपचार भइरहेकाे छ ।rajdhanidaily

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ