मोटरसाइकलले ठक्कर दिँदा बागलुङका १३ वर्षीय अमृत गम्भीर घाइते

मोटरसाइकलले ठक्कर दिँदा बागलुङका १३ वर्षीय अमृत गम्भीर घाइते

Accident-Motercycle

बागलुङ । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको बडिगाड गाउँपालिका–६ ठूलावेसिमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन् ।

लु ३१ प ३६०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बडिगाड गाउँपालिका– ६ घ्वाँगका १३ वर्षीय अमृत थापा घाइते भएका हुन् । घाइते थापाको अवस्था गम्भिर भएकोले हेलिकप्टरमार्फत पोखराको मनिपाल शिक्षण अस्पतालमा लगिएको छ ।

घाइते बालक अचेत रहेको र सिसियुमा राखेर उपचार चलिरहेको बिरामीसँगै रहेका वडा अध्यक्ष मौसमकाजि क्षेत्रीले जानकारी दिए । मोटरसाइकल चालक बडिगाड गाउँपालिका ५ का शिखर गिरिलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खार प्रहरीचौकीले जानकारी दिएको छ । विपरित दिशाबाट आइरहेको जिपलाई साइड दिने क्रममा बच्चालाई ठिक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ