पोखरा आउँदै गरेका थापाको दुर्घटनामा परी मृत्यु

पोखरा आउँदै गरेका थापाको दुर्घटनामा परी मृत्यु

accident-parbat-750×375

पर्वत । पर्वतमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोदी गाउँपालिका ६ तिलाहारका ३५ वर्षीय कृष्णबहादुर थापा रहेका छन्।

पोखराबाट बागलुङतर्फ जाँदै गरेका थापाले चलाएको ग ९ प ७७३७ नं. को मोटरसाइकल र कुस्माबाट पोखरातर्फ आउदै गरेको ना ५ ख ६३५२ नं. को यात्रुवाहक बस पातिचौरमा एकआपसमा ठोक्किदा थापाको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याउन लागिएको भएपनि बाटोमा नै मृत्यु भएको हो। प्रहरीले बस र चालक गोरखाका गोविन्द चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ