अधिकार कटौती गरेको भन्दै ऐन पुनराअवलोकन गर्न तनहुँका स्वास्थ्यकर्मीको माग

अधिकार कटौती गरेको भन्दै ऐन पुनराअवलोकन गर्न तनहुँका स्वास्थ्यकर्मीको माग

health workers

तनहुँ । स्वास्थ्य मन्त्रालय अन्तर्गत जिल्लाका विभिन्न स्वास्थय संस्थाहरुमा कार्यरत चौथो तहका स्वास्थ्यकर्मीहरुले ऐन पुनरावलोकन गर्न माग गरेका छ्न ।

प्रस्तावित संघिय निजामति ऐन २०७५ ले आफुहरुको अधिकार कटौती गरेको भन्दै पुनरावलोकन गर्न स्वास्थ्यकर्मिले आग्रह गरेका छन् ।

कर्मचारी यस अगाडि स्वास्थ्य सेवा ऐन २०५३ अनुसार नै पाउँदै आएको सेवा सुविधा अब आउने संघिय निजामति ऐनले कटौति गर्ने भएको छ ।

पुरानै ऐन तथा सेवा प्रवेश गर्दाको ऐन अनुसारको सेवा सुविधा सुनिश्चित गर्न माग गर्दै स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाराकोटीलाई ज्ञापन पत्र बुझाएको संघर्ष समितिका संयोजक सूर्यकुमार श्रेष्ठले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य कार्यालयका प्रमुख बाराकोटीले स्वास्थ्यकर्मीको माग जायज भएको बताए ।

उनले ज्ञापन पत्रलाई जस्ताको तेस्तै संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाउने जानकारी दिए ।

यदि मागहरु सम्बोधन नभए कडा संघर्षमा जान बाध्य हुने स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ