३५ दिनभित्र खटाइएको ठाउँमा नगए कर्मचारीको जागिर चट्, कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

३५ दिनभित्र खटाइएको ठाउँमा नगए कर्मचारीको जागिर चट्, कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

PM-OFFICE

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ । सोमबार सिंहदरवारमा अबेरसम्म चलेको बैठकले विधेयक स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाउने निर्णय गरेको उच्च स्रोतले बतायो ।

३५ दिनभित्र खटाइएको ठाउँमा नगए कर्मचारीको जागिर चट् हुने गरी अध्यादेश आउँदैछ । बहुचर्चित बनेको विधेयक कर्मचारी वृत्तमा निकै चासो र चर्चाको विषय बनेको छ । विधेयकको अन्तिम मस्यौदाबारे आइतबारमात्रै कर्मचारी नेताहरूसहित सरोकारवाला पक्षहरूबिच छलफल भएको थियो ।

केही दिनअघि मन्त्रिपरिषद्को विधेयक समितिले अध्यादेशबारे छलफल गरेको थियो । सोही छलफलमा दिइएको सुझावका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरूको टोलीले मस्यौदाको अन्तिम रूप दिएका थिए ।

-प्रशासनबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ