मनाङमा यसरी हुन्छ आलु खेती

मनाङमा यसरी हुन्छ आलु खेती

Aalu 2

नेगम परियार, मनाङ । सर्वप्रिय तरकारी आलु, आलु नपाक्ने घर कमै होला । हिमाल पारीको जिल्ला मनाङका स्थानीय कृषकहरु यो समय आलु खन्न,सुकाउन ,केलाउनमा ब्यस्त देखिन्छन । हिमाली जिल्ला मनाङमा आलु खेती राम्रो हुने भएकोले पनि मनाङमा आलु खेती अलि बढि नै मात्रामा लगाईन्छ ।

आर्थिक बर्ष २०७४÷०७५ मा भन्दा यस आर्थिक बर्ष २०७५/०७६ मा आलु उत्पादनमा बृद्धि भएको जिल्ला कृषि कार्यालय चामे मनाङले जनाएको छ । खाद्यन्न बाली मध्ये आलु बाली पनि मनाङको मुख्य बाली हो । चार गाउँपालिका रहेकाको यस गाउँपालिकामा सबै ठाउँहरुमा आलुको राम्रो खेती हुने भएको ले जिल्ला भरी नै आलु खेती गरिन्छ । यस अघिको बर्षमा करिब ७ सय हेक्टर क्षेत्रफल जमिनमा आलु खेती गरिएकोमा यस बर्ष यस आलु खेतीमा बृद्धि गरि ८ सय हेक्टर क्षेत्रफल जमिनमा आलु खेती गरिएको जिल्ला कृषि कार्यालय चामे मनाङका कृषि प्रसार अधिकृत राम कुमार शाहले बताए ।

उनका अनुसार आलुमा मनाङ जिल्लाका मुख्य क्षेत्रहरुमा तिमाङ,चामे,दानाक्यू धारापानी,नाचै,ओडार र हुम्डे मुख्य आलु उत्पादन क्षेत्रहरु हुन । हुन त आलु जिल्ला भरी नै राम्रो उत्पादन हुने हुदा पनी आलु उत्पादन यस बर्ष बढेको हो । यस जिल्लामा बाहिरी तथा बिकासी जातका आलु नलगाई स्थानी स्थरमै हुने लोकल जातका आलु रोप्ने गर्दछन । जिल्ला कृषि कार्यालय चामे मनाङका अनुसार अघिल्लो बर्ष ८ मेट्रिकटन आलु उत्पादन भएको तथ्याङ्कमा छ । यस बर्ष भने ८ मेट्रिकटन बाट बृद्धि भई ११/१२ मेट्रिकटन आलु उत्पादन हुने आकडा गरिएको छ ।

पहिले पहिले ईस्ट मित्र तथा घरायासी प्रयोजनको लागी मात्र प्रयोग गरिने आलु आजकाल घर घरमै आलुको माग आउन थाले पछि आलु खेती प्रति आकर्षीत भएको जिल्लाका एक स्थानीय कृषक धनमायाँ बि.क ले बताईन । यस क्षेत्रमा आलु राम्रो उत्पादन भएको देखे पछि स्थानीय कृर्षकहरुको सहजको लागी आलु संरक्षण तथा प्रसोधन बारे तालिम समेत दिई आलुको बिउँ सुरक्षित राख्नको लागी केहि गाउँहरुमा कोल्डस्टोरको समेत ब्यबस्था गरेको छ ।

अब चाडै नै हरेक गाउँपालिकामा एक सुरक्षित तथा ब्यबस्थीत कोल्ड स्टोर समेत राखिने शाहले बताए । बिशेष गरि आन्तरिक पर्यटक तथा जिल्लामा रहेको सबै जसो कर्मचारीहरुले कोशेलीको रुपमा आलु लैजाने गरेको र बाहिय पर्यटकहरुले पनि मनाङमा उत्पादन भएको आलुको परिकारहरुको माग हुने भएको ले पनि यस क्षेत्रको आलुको माग बढेको हो ।

माग बढे संगै यस क्षेत्रमा उत्पादित आलुको बजार भाउँ समेत बढेको छ । अघिल्लो बर्ष १०० रुपैयाँ पाथीमा बिक्री हुने आलु यस बर्ष भने १५० रुपैयाँ पाथीमा बिक्री गरिएको स्थानीय कृषक धनमायाँ बि.क ले बताईन । ठुलो मात्रामा जोख्न पर्ने भएकोले र स्थानीय स्थरमा माना पाथी नै चलन चल्तीमा आएको कारण अझै पनि यहाँ माना पाथीको नै प्रयोग गरेको पाईन्छ । एक पाथीमा करिब ३ किलो ग्राम हुन्छ । यहाँको हरेक उत्पादन अर्गानीक तथा शुद्ध हुने भएकाले पनी मनाङको हरेक उत्पादन प्रति सबैको रहर जाग्ने गरेको स्थानीयहरुको भनाई छ ।

आलु उसिनेर अनी टिम्मुर लासुन खुर्सानी र नुन मिसाई ओखलमा कुटी चटनी अर्थात स्थानीय बोलिचालीको भाषामा छोप बनाई खाने चलन पहिले देखिनै चलि आएको हो । साथै आलुबाट बिभिन्न परिकार समेत बनाई खान तथा बिक्री बितरण गर्ने गरिन्छ ।

कर्मचारी , आन्तरिक पर्यटक तथा बाहिय पर्यटकहरुको आलुको माग बढेको ले पनि यस क्षेत्रमा आलु खेती प्रति किसानहरु आकर्षित भएका हुन । साथै छिमेकी जिल्ला लम्जुङ्गको बेशिसहरबाट मनाङ सडक मार्ग भएकाले ब्यापारीहरु सिधै मनङ आएर आलु खरिद गरि लैजाने भएकाले अझ आलु खेती प्रति आकर्षित बनाएको हो । घर घर मै ब्यापारीहरु कर्मचारीहरु आई आलु लैजाने गर्दछन । कृर्षि पेशामा आलुको राम्रो परिकार तथा बिक्री बितरण हुने भएकोले आलु खेतीबाट राम्रो आम्दानी गर्न सकिने देखिन्छ ।

आलु बिक्री गरि राम्रो आम्दानी गरि आर्थिक आम्दानीमा बृद्धि भई केहि हक सम्म भने पनि कृषकहरु आम्दानी गरि आर्थिकरुपमा टेवा पुगेको स्थानीय कृषकहरुको भनाई छ । हिमाली जिल्ला मनाङ यस क्षेत्रमा आलु खेती राम्रो हुने क्षेत्र मध्ये मनाङ पनि एक जिल्ला हो । यहाँको अर्गानिक आलु खेती र अर्गानीक स्याउँ खेतीलाई नै यस जिल्लाको पकेट क्षेत्र बनाई खेती गर्न सके आलु तथा स्याउँ खेतीबाट यस जिल्लाको बिकास तथा आर्थिक पाटोमा समेत परिबर्तन ल्याउन सक्ने यस क्षेत्र र यस क्षेत्रको खोती प्रति सरकारबाट पनि सकारात्मक साथ र सहयोग भएमा कृषि पेशा बाटै पनि यस मनाङ जिल्ला सक्षम हुने देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ