अमलटारी मध्यवर्ती सामुदायिक होम स्टेमा पर्यटकको आकर्षण बढ्दो

अमलटारी मध्यवर्ती सामुदायिक होम स्टेमा पर्यटकको आकर्षण बढ्दो

home stay 1

कमला राना, नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरमा रहेको अमलटारी मध्यवर्ती सामुदायिक होम स्टेमा दिन प्रतिदिन पर्यटकको आकर्षण बढ्दो रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई लक्षित गरी अमलटारीमा थारु समुदायद्धारा सञ्चालनमा आएको होमस्टे पछिल्लो समय पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।

कावासोती नगरपालिकाको वडा नम्बर १५ स्थित अमलटारी होम स्टेमा पुग्ने पर्यटकहरु कला, संस्कृति, स्थानीय रहनसहन र खानाको परिकारको स्वादमा रमाउने गरेका छन् । दैनिक रुपमा घरायसी कार्य सकेर यहाँका महिलाहरुको सक्रियतामा नै होम स्टे सञ्चालन भएको हो । अग्यौलीका थारू, बोटे र मुसहर समुदायले गुद्रहीढकाहा मध्यवर्ती सामुदायिक वनको संरक्षण गरेर सोही वनलाई पर्यटन क्षेत्रको बनाइ होमस्टे शुरू गरेका हुन् ।

केहि समय अघिसम्म उजाड रहेको सो सामुदायिक बनलाई अहिले अग्यौलीवासीले संरक्षण गरेर हराभरा बनाएका छन् ।
होम स्टे राखेको कारणबाट नै वन्यजन्तुको बासस्थान समेत सुरक्षित बन्दै गएको छ । गैंडा, बाघ, भालु, जरायो जस्ता वन्यजन्तुहरु समेत होम स्टे मा पुग्ने पर्यटकहरुले अवलोकन गर्न पाएका छन् ।

नेपाल सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस होम स्टेलाई नेपालकै उत्कृष्ठ होमस्टेको रुपमा समेत पुरस्कृत गरेको छ । अमलटारीलाई गत वर्ष सरकारले गाउँ गन्तव्य २०७२ समेत घोषित गरेपछि राष्ट्रिय स्तरका विभिन्न कार्यक्रमहरु समेत होम स्टेमा नै हुने गरेको छ ।

गत वर्ष ४८ हजार पर्यटकहरुले अवलोकन गरेको यस होम स्टेमा यस वर्ष ५१ ह्जार भन्दा वढीले होम स्टेमा आएको व्यवस्थापक धनिराम गुरौ बताउनुभयो । प्रायः स्वदेशी पर्यटकहरु नै यस होम स्टेमा बस्ने गरेका छन् ।

थारू समुदायका २० वटा र वोटे समुदायका ३ ओटा गरि २३ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । स्थानीयले पर्यटकलाई लोभ्याउन स्थानीय खानाका परिकारसंगै हात्ती सफारी, अर्गा्िनक खाना, मध्यवर्तीका रमणीय स्थलहरूको अवलोकन लगायतका प्याकेजका कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ ।

समुदायको आफ्नो भाषा, भेषभुषा रहनसहन, संस्कृति पहिचान प्रस्तुत गर्दै अमलटारी होम स्टेले रातीको समयमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गर्दछ ।

२०७० जेठ ५ गतेबाट सञ्चालन गरिएको होमस्टे बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासीको डण्डाबाट करीब ७ किलोमिटर दक्षिणमा रहेको उक्त होमस्टे सञ्चालनका लागि तराई भू–परिधि कार्यक्रम (ताल)ले आर्थिक सहयोग गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ