नदी किनारामा भेटियो शरणार्थी बुवा–छोरीको शव, यो तस्बिरमा रोयो पुरा दुनियाँ

नदी किनारामा भेटियो शरणार्थी बुवा–छोरीको शव, यो तस्बिरमा रोयो पुरा दुनियाँ

Mvlw7p8yqO1KRjmuuS4x

एजेन्सी : सन् २०१५ मा सिरियाली बालक एलन कुर्दीको तस्बिर सायद तपाईंलाई याद छ होला । समुन्द्रको किनारामा घोप्टो अवस्थामा तैरिरहेको बच्चाको शव देखेर पूरा संसार रोएको थियो । अब चार वर्षपछि अमेरिकाबाट यस्तै तस्बिर सार्वजनिक भएको छ । यो तस्बिरमा एक शरणार्थी पिता र उनको टिसर्टमा बेरिएकी उनकी छोरीको शव छ जसले एकपटक पुनः सोसल मिडियामा तहल्का मच्चाएको छ ।

सेन्ट्रल अमेरिका नजिकै एउटा देश एल साल्भेडरमा बस्ने अस्कर एलबेर्तो मारटिनेज र्यामिरेज र उनकी छोरी वलेरियाको यो तस्बिर एक मेक्सिकेली पत्रिकाले छापेको हो । पहिलो पृष्ठमा छापिएको यो तस्बिर मंगलबारको संस्करणमा छापिएको हो जुन बुधबारसम्म संसारभरी फैलियो । घाँसै घाँस भएको एक नदी किनारामा अस्करसँग उनकी छोरी टाँस्सिएकी छिन् । यो अमेरिकी–मेक्सिकन बोर्डर नजिकैको रियो ग्रान्डको हो ।

पत्रिकाको खबर अनुसार र्यामिरेज पछिल्लो लामो समयदेखि आफ्नो परिवारसँग अमेरिका प्रवेश गर्ने कोसिस गरिरहेका थिए । तर उनी असफल रहे । यसै कारण उनी तनावमा थिए । उनी अमेरिकामा बस्न चाहन्थे त्यसकारण त्यहाँ शरण मागिरहेका थिए ।

आइतबार जब उनी नदी पार गरिरहेका थिए तब केही बेरका लागि किनारामा बसेर आफ्नी श्रीमतीलाई प्रतिक्षा गरे । तर त्यति नै बेला उनकी छोरी वेलेरिया पानीमा खसिन् । उनलाई बचाउनका लागि उनी पनि हाम फाले ।

छोरीलाई बचाउनका लागि उनी बगिरहे । जब छोरीलाई समात्न सफल भए तब उनी यस्तो स्थानमा पुगिसकेका थिए जहाँबाट बाहिर निस्कन मुश्किल थियो । यसैकारण उनी छोरी र आफूलाई बचाउन सकेनन् ।

स्मरण रहोस्, सोनोरामको मरुभूमीदेखि रियो ग्रान्डसम्म फैलिएको अमेरिकी–मेक्सिको सीमामा पछिल्लो थुप्रै समयदेखि हज्जारौं शरणार्थी छन् । गत वर्ष यहाँ करिब २८३ शरणार्थीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ