तनहुँको डिहिगाउँमा प्रथम अनन्त कप सुरु, प्रथम पुरस्कार ७० हजार

तनहुँको डिहिगाउँमा प्रथम अनन्त कप सुरु, प्रथम पुरस्कार ७० हजार

IMG_20190219_140746

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० स्थित डिहिगाउँमा मंगलबार देखि प्रथम अनन्त कप सुरु भएको छ ।

अनन्त युवा क्लबको आयोजनामा सुरुको भएको उक्त प्रतियोगितामा प्रथम हुने टिमले ७० हजार र दोस्रो हुने टिमले ३५ हजार पुरस्कार पाउने अनन्त युवा क्लबको अध्यक्ष राजु भुजेलले बताए ।

कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । सो अवसरमा प्रमुख अतिथि न्यौपानेले युवा क्लबले गर्ने फुटबल प्रतियोगिताले युवाहरु संगठित गर्ने सहयोग पुर्याएको बताए ।

सहरी विकासमा अघि बढेको डिहिगाउँ अब खेलकुदले अझै सहयोग पुर्याउने प्रमुख न्यौपानेले बताए । व्यास नगरपालिकाले खेलक्षेत्र लाई व्यवस्थित गर्न सक्दो सहयोग गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

“शारीरिक एवं बौद्धिक विकास र स्वास्थ्य जिवनको लागी फुटबल” भन्ने नाराका साथ उक्त प्रतियोगिता आयोजना भएको हो । उक्त प्रतियोगितामा २४ टिमको सहभागिता रहेको अनन्त युवा क्लबका अध्यक्ष राजु भुजेलले जानकारी दिए ।

उद्घाटनको पहिलो आयोजक डि र सर्वज्योति पिस होम क्लब बीच भएको खेलमा सर्वज्योति पिस होम क्लब १-० गोल अन्तरले विजयी भएको छ । त्यस्तै सिमलटार युवा क्लब र फराकचौर युवा क्लब बीच भएको खेलमा सिमलटार युवा क्लब २-१ गोल अन्तरले विजयी भएको छ ।

उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा व्यास-१० का वडाअध्यक्ष तुल्सीराम सापकोटा, व्यास-११ का वडाअध्यक्ष निर बहादुर खड्का, युवा नेता चिरञ्जीवी अधिकारी, सर्वज्योति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सिना लगाएको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds