अन्नपूर्ण पदमार्ग: जुन बाटो गयो, त्यही बाटो फर्कदै

अन्नपूर्ण पदमार्ग: जुन बाटो गयो, त्यही बाटो फर्कदै

tmm

नेगम परियार, मनाङ । बवश्वमै प्रशिद्ध अन्नपूर्ण पैदलमार्ग बारे जानकार नभएका त कमै होलान् । लम्जुङको बेशीशहर हुँदै मनाङ जिल्लाको थोरङ्ला पास गरेर मुस्ताङको मुक्तिनाथ मन्दिर हुँदै जोमसोमबाट पोखरासम्मको पैदल यात्रा मार्ग नै अन्नपुर्ण पैदलमार्ग हो ।


विशेष गरी लम्जुङ जिल्लाको बेशीसहरबाट सुरु गरिने यो पैदल मार्गमा मुस्ताङबाट पनि आन्तरिक तथा बाह्य पर्यटकहरु मनाङ जिल्ला हुँदै लम्जुङ आउने गर्दछन् । तर, धेरैमात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरु लम्जुङको बेशिसहरबाट नै जाने गर्दछन् ।

तर, मनाङमा परेको भारी हिमपातका कारण मुस्ताङतिरबाट मनाङ आउने पर्यटक मुस्ताङ तिरबाटै फर्केका छन् भने यता मनाङ जिल्ला हुँदै मुस्ताङ जाने पर्यटकहरु पनि मनाङ तिरबाटै फर्कने गरेको छन् ।


हाल मनाङ जिल्लाको सदरमुकाम चामेसम्म सवारी साधनबाट र पैदल यात्रामा पर्यटकहरु आईपुगेता पनि चामेभन्दा माथिका भेगहरुमा बाक्लो हिउँ जमेका कारण सवारी साधन समेत जान नसकेको र पैदल यात्रा गरेका जाने आन्तरिक तथा बाह्य पर्यटकहरु पनि जान नसकेपछि आन्तरिक तथा बाह्य पर्यटकहरु आफ्नो गन्तब्य पूरा नगरिकन नेक्स्ट टाईम भन्दै फर्कन थालेका छन् ।

कोरियन पर्यटक ल्याएका एक जना गाईडले भने बल्ल बल्ल पिसाङसम्म त पुग्यौ तर त्यसभन्दा माथि पर्यटकहरु जान नसकेपछि फर्किएको चामेमा बिशाल राईले बताए ।

हिमपातको समयमा पनि पर्यटकहरु राम्रो मात्रामा मनाङ आएको र हिउँ खेल्न आन्तरिक पर्यटकहरु पनि राम्रै मात्रामा आएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलका संरक्ष्ण कार्यालय मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाले बताए । बाक्लो हिमपात भएकोले मनाङको थोरङगला पास गरि मुस्ताङ पुग्न त परैको कुरा मनाङ जिल्लाको उपर मनाङसम्म पनि पर्यटकहरु पुग्न धौधौ रहेको छ ।


कति पर्यटकहरु मनाङका माथिल्ला भेगहरुका होटलमै रोकिन परेको पनि होटल व्यवसायीहरुले बताए । उनीहरु मौषमको अनुकुलता मिलाएर फर्कने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ