सेनाले गरेको स्वास्थ्य शिविरबाट लमजुङका ४ सय भन्दा बढि नागरिक लाभान्वित

सेनाले गरेको स्वास्थ्य शिविरबाट लमजुङका ४ सय भन्दा बढि नागरिक लाभान्वित

army free health camp lamjung (1)

श्यामशितल परियार, लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीमा नेपाली सेनाले गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढिले नागरिकले सेवा लिएका छन् । नेपाली सेनाको श्रीजङ गण लमजुङले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट जिल्लाका ४ सय भनदा बढि नागरिकहरुले सेवा लिएका हुन् ।

स्वास्थ्य शिविरबाट चारसय भन्दा बढि लाभान्वित भएका छन् । नागरिक र नेपाली सेनाबीचको सम्वन्धलाई प्रगाढ बनाउन र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विपन्न वर्गमा स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यले शिविर सञ्चालन गरिएको श्रीजङ गणले जनाएको छ ।  शिविरमा जनरल स्वास्थ्य परिक्षण, दन्त परीक्षण तथा उपचार र निःशुल्क औषधी वितरण गरिएको नेपाली सेनाले जनाएको छ ।

शिविरमा आएका मध्ये अधिकांशमा उच्च रक्तचाप, चिनी रोग, शारीरिक दुर्वलता तथा पेटको समस्या भेटिएको शिविरमा खटिएका चिकित्सकले बताएका छन् । शिविर व्यवस्थापनका लागि काठमाण्डौँ ढोडेसिङ समाजले सहयोग गरेको थियो । दाँत सम्वन्धी उपचारको लागि चितवनस्थित चितवन डेन्टल होम प्रालिले सहयोग गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ