भ्रष्टाचार गर्ने कसैलाई पनि छाडिन्न—अर्थमन्त्री खतिवडा

भ्रष्टाचार गर्ने कसैलाई पनि छाडिन्न—अर्थमन्त्री खतिवडा

khatiwada

पोखरा- पोखरा उद्योग वाणिज्य संघको ६५ औं वार्षिक अधिवेशसनको शनिवार पोखरामा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले कर छलि गर्ने गर्ने भनेको भ्रष्टाचार र अपराध नै भएको भन्दै कसैलाई पनि नछाड्ने बताए ।अर्थमन्त्री युवराज खतिवडाले राजश्वछलि गरेर भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् ।

उनले सरकारमा बस्ने होस्, कर्मचारी होस् वा उपभोक्ता समितिमा बस्ने जो सुकै भए पनि कार्वाही गर्ने बताए । खतिवडाले करका विषयमा हल्का फुल्का कुरा गरेर जनतालाई उत्तेजित नबनाउन पनि अनुरोध गरे । उनले हरेक कर लगाउनु अघि संघ संस्था देखि संसदमा छलफल हुने बताए ।

संसदमा पेश हुन्छ । दुबै संसदमा छलफल भएर पास भएपछि मात्र अघि बढ्ने उनले प्रष्ट पारे । अर्थमन्त्री र अर्थमन्त्रालयका कर्मचारीले मात्र यो विषय अघि बढाउनै नसक्ने उनले बताए ।
मन्त्री खतिवडाले नेपाल धेरै नै अवसर र सम्भावनाको देश हुँदाहुँदै पनि अधिकांश युवाहरुले विदेशमा श्रम खर्चिएको बताउदै त्यसलाई रोक्न सरकारले बजेटमा योजना ल्याएको समेत बताए ।

अर्थतन्त्र खत्तम भयो भन्ने आरोप सहि नभएको उनले बताए । ७ प्रतिशतले आर्थिक बृद्धि हुनु कसरी खत्तम भयो उनले भने । सबै प्रदेशका समानुपातिक रुपमा आर्थिक बृद्धिदर बढेको पनि उनले बताए । एक वर्षमा तीन लाखले रोजगारको अवसर सृजना भएको, मुलुकको निर्यात १९ प्रतिशतले बृद्धि भएको उनले तथ्याङ्क सुनाए ।

गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले आर्थिक समृद्धिको आधार तयार भएको हुदा विकासले गति लिने बताए । कार्यक्रममा गण्डकी प्रदेश सासंद विन्दु कुमार थापाले करका कारण व्यावसायीलाई अप्ठ्यारो भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष चण्डीराज ढकाल लगायतले करकै कारण व्यावसायि आतंकित भएको बताए । कार्यक्रममा आर्थिक पत्रकारिता पुरस्कार बाट पत्रकार भरत कोईरालालाई ३० हजार नगद सहित सम्मान गरिएको थियो भने लक्ष्मि विद्या पदक व्यवस्थापन कास्कीमा उत्कृष्ट हुन सफल तीन जना विद्यार्थीलाई पदकबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ