असल राजनीतिका लागि असल पार्टी, असल नेता कार्यकर्ता र नागरिक आवश्यक: भट्टराई

असल राजनीतिका लागि असल पार्टी, असल नेता कार्यकर्ता र नागरिक आवश्यक: भट्टराई

Baburam Bhatarai
तनहुँ । पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले असल राजनीतिका लागि असल राजनीतिक पार्टी, असल नेता कार्यकर्ता र नागरिक आवश्यक पर्ने बताएका छन् ।
पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्मको १ हजार ७ सय ७६ किमिको मध्यपहाडी लोकमार्गमामा समावेशी विकासका लागि असल राजनीतिका भन्ने राना सहित यात्रामा निकस्केका भट्टराईले बुधबार तनहुँको बाइसजागरमा भएकोे कोणसभामा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
पुर्व प्रधानमनत्री डा. भट्टराइले भने, नयाँ शक्तिले ‘समृद्धि सबैका लागि, सधैंका लागि’को नारासहित अभियान अगाडि बढाएको छ । नयाँ पार्टीको विचार रोप्ने र नागरिकको समस्या बुझ्न आफुले यात्रामा निस्केको भट्टराइले बताए ।
भट्टराईले मुलुक भ्रष्टाचारमा चुरलुम्म डुबेको बताउँदै भ्रष्टाचार रुपी रोगले सबैलाई सिध्याउने समेत भट्टराइले बताए । भ्रटाचारको अन्त्य नभएसम्म मुलुकमा समस्या समाधान नभएसम्म मुलक समृद्व नहुने समेत भट्टराईले बताए । विगतमा ठुला क्रान्ति ,आन्दोलन र युद्वबाट आएका नेताहरु समेत भ्रष्टाचारमा लिप्त भएको बताउँदै त्यसले नेतृत्वलाई सिध्याउन समेत भट्टराईले बताए ।
जल,जमिन,जंगल जडिबुटी र जनशिक्तको प्रयोग गरेर नोपलललाई समृद्व बनाउन सकिने समेत भट्टराइले सो अवसरमा बताए । भट्टराईले विश्वमा मरभूमि मात्रै भएका देशहरुले समेत ठुलो आर्थिक उपलब्धि गरेको बताउँदै नोपलमा प्राकृतिक श्रोत र मानव श्रोतालाई उपयोग गरेर मुलक समृद्व बनाउन सकिने बताए ।
यस्तै कार्यक्रममा पुर्व मन्त्री तथा नयाँ शक्तिका नेता भिमप्रसाद गौतमले देशमा मौलाएको भ्रष्टाचार अन्त्य नभए सम्म मुलुक समृद्व नबन्ने बताए । अभियानको अवधिमा लोकमार्ग आसपासका नागरिक, जनप्रतिनिधि र नागरिक अगुवाहरुसँग असल राजनीति र समावेशी विकासबारे छलफल गरिने नयाँ शक्ति पार्टी तनहुँका संयोजक देबेन्द्र थापाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ