अब कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न पाइने

अब कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न पाइने

atm choori

सिभिल बैंकसँगको सहकार्यमा हाम्रो टेक्नोलोजी प्रालिले ‘कार्डरहित एटिएम भुक्तानी’ सेवा प्रयोगमा ल्याउने भएको छ । एम बैंक’ एपमार्फत कम्पनीले यो सेवा ल्याउन लागेको हो । हाल बैंक, वित्तीय संस्था तथा सहकारी गरी २ सयभन्दा बढीले ‘एम बैंक’ एप प्रयोग गर्दै आएका छन्।

आफ्नो खाता भएको संस्थाले प्रयोग गर्ने ‘एम बैंक’ एपको माध्यमबाटै ग्राहकले सिभिल बैंकको नेपालभर रहेका ६८ एटिएमबाट कार्डबिना रकम झिक्ने सुबिधा पाउने छन्।

कम्पनीको अनुसार यो प्रविधि सफल रुपमा परीक्षण भइसकेको छ । कम्पनीको अनुसार कार्डबिना एटिएमबाट पैसा निकाल्न सकिनेगरी सबै प्राविधिक काम सकिएको छ ।

अब एटिएम नै सञ्चालन नगरेका विकास बैंक, फाइनान्स तथा सहकारीका ग्राहकले समेत यो लाभ पाउने छन्। एटिएम सञ्चालन नगरेका विकास बैंक, फाइनान्स र सहकारी संस्थाहरु यो प्रविधिमा जोडिएर ग्राहकलाई सेवा प्रदान गर्न सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ