आइफा अवार्ड विवादः पर्यटन बोर्ड भन्छ, पैसा दिने निर्णय भएको छैन

आइफा अवार्ड विवादः पर्यटन बोर्ड भन्छ, पैसा दिने निर्णय भएको छैन

maxresdefault_UCH9Kjwkz4

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड वितरण कार्यक्रम काठमाडौँमा गर्न नेपालले पैसा दिने भन्ने समाचारप्रति आफ्नो ध्यानार्कषण भएको जनाउँदै नेपाल पर्यटन बोर्डले अहिलेसम्म पैसा दिने सम्झौता नभएको स्पष्ट पारेको छ ।

तर यस्ता कार्यक्रम गर्दा आर्थिक सहयोग नगरी पनि नहुने आशयसमेत बोर्डको छ । एक सातायता नेपालका विभिन्न समाचार माध्यममा आइफा अवार्डका लागि नेपाल सरकारले एक अर्ब लगानी गर्न लागेको समाचार प्रकाशित भइरहेका छन् । 

बोर्डले नेपलमा आइफा आवर्ड आयोजनाका लागि सरोकारवाला पक्षसँग विभिन्न चरणमा छलफल भए पनि रकमै दिनेगरी सम्झौता भने भइनसकेको दाबी गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा मीनराज भण्डारीले लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ