अस्पतालको लापरबाही : ९ महिने बच्चालाई २ वर्षको भन्दै उपचार गरेपछि मृत्यु

अस्पतालको लापरबाही : ९ महिने बच्चालाई २ वर्षको भन्दै उपचार गरेपछि मृत्यु

baby-death

काठमाडौं । चितवन मेडिकल कलेजको चरम लापरबाहीको कारण गोरखा फुजेलका ९ महिने नाबालक रुप्सन घिमिरेको मृत्यु भएको परिवारले आरोप लगाएको छ ।  गत बिहीबार उपचारको क्रममा आईसीयूमा रहेका नाबालकको मृत्यु भएको थियो । 

मृतक नाबालकका बुबा रुपेश घिमिरेले भने, ‘अस्पतालको रिपोर्टमा ९ महिनाको मेरो बाबुलाई २ वर्षको भनेर लेखेको छ । त्यहीअनुसार उपचार गरेको पाइयो ।’  ९ महिनेको नाबालकलाई २ वर्षीय बालक भन्दै अस्पतालले मात्राभन्दा बढी डोजको औषधी दिएको उनको आरोप छ । 

नाबालकका आफन्तका अनुसार अस्पतालले मृत भएको घोषणा गरेपनि आफूहरुलाई थाहा नै नदिई बालकको शव भरतपुर अस्पताल रिफर गरेको हो ।  यता अस्पतालका बाल विशेषज्ञ डा. सन्तोष पाठकसँग घटनाबारे बुझ्न खोज्दा भर्खरमात्र भारतबाट भतिजको उपचार गरेर भरतपुर आइपुगेको र घटनाबारे अनविज्ञ रहेको जानकारी दिए ।  हाल घटनास्थलमा नेपाल प्रहरीहरु सयौंको संख्यामा परिचालन गरिएको छ । 

news source : ratopati

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ