पाल्पाको अस्पतालबाट शिशु चोर्ने महिला सिसिटिभी सहयोगमा स्याङ्जाबाट पक्राउ

पाल्पाको अस्पतालबाट शिशु चोर्ने महिला सिसिटिभी सहयोगमा स्याङ्जाबाट पक्राउ

bachcha chor

बुटवल । पाल्पाको अस्पतालबाट शिशु चोर्ने महिला सिसिटिभी सहयोगमा स्याङ्जाबाट पक्राउ परेकी छिन् ।पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने महिलालाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार दिउँसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिलालाई स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट नियन्त्रणमा लिइएको हो ।

शिशु चोरीमा संलग्न स्याङ्जा कालीगण्डकी गाउँपालिका ७ मिर्मी स्थित विद्युत ड्यामको आवास गृहमा बस्दै आएकी अन्दाजी ३५ वर्षकी बिमकला भन्ने बिमला पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य छ । चार दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् । त्यसबेलामा सुत्केरी जमुना भने अचेतजस्तै थिइन् ।

बच्चा हराउनेवित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा प्रहरीले खोजी थालेको थियो । सिसिटिभी फुटेजको आधारमा महिलाको हुलिया पत्ता लगाएर पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ