अवैध पशु बधशालाले दुर्गन्ध फैलियो, मन्दिर र स्कुल क्षेत्र बधस्थल बन्दा वडाबासीलाई हैरानी

अवैध पशु बधशालाले दुर्गन्ध फैलियो, मन्दिर र स्कुल क्षेत्र बधस्थल बन्दा वडाबासीलाई हैरानी

badhh

महेन्द्र जिसी, पर्वत । मासु जाँच ऐन २०५५ अनुसार पशुु बध गर्दा मापदण्ड पुगेका बधशाला वा बध स्थलमा पशुहरुको स्वाथ्य जाँच गरेर मासुका लागि पशु बध गरिनुपर्छ । तर पर्वत सदरमुकामा भने जथाभावी व्यवसायीहरुले पशु बध गराउँदा दुर्गन्ध फैलिएको छ । त्यसमा पनि एउटै वडामा तीन तीन स्थानमा पशु बध गराउँदा फोहोर व्यवस्थापन हुन सकेको छैन ।

स्थानीयले धार्मीक स्थल र विद्यालय आसपासमा विना अनुमती मापदण्ड बाहिर रहेर बधशाला निर्माण गर्दा दुर्गन्ध फैलाएको भन्दै नगरपालिकामा उजुरीको समेत प्रकृया थालिएको बताएका छन् ।

वडा नं. ४ मा रहेको आदर्श आवाशीय मावि नजिकै बधशाला निर्माण गरिएको भन्दै आदर्श आवाशिय माविले विरोध गरेको छ । बालबालिकाहरुले देख्ने गरी पशु बध गर्दा बालबालिकाहरुमा समेत असर पुगेको बताउँदै विद्यालयले विद्यालय आसपासमा फोहोरको दुगन्र्ध फैलिएको बताएको हो ।

स्थानीय सरकारलाई नियन्त्रणको लागि निवेदन दिएको विद्यालयका प्रिन्सीपल हिम बहादुर पौडेलले जानकारी दिए । नारायण स्थान मन्दीर नजीकै पनि बध शाला निर्माण थालिएका कारण सफा राख्नु पर्ने मन्दीर र मन्दीरमा आउने दर्शनार्थी पुजारीमा समेत दुर्गन्धको असर पुगेको नारनस्थान मन्दीरले जनाएको छ ।

चारै तर्फ देखी उजुरी आएका कारण नियन्त्रणको लागि स्थानीय प्रशासन र प्रहरीसँग सहकार्य गरेर अनुमती नपाएका बधशाला नियमन गरीने वडा नं. ४ ले जनाएको छ । वडा सचिव जगत जोशीले कुनै पनि संरचना निर्माण गर्दा वाडाको अनुमती लिनु पर्ने भन्दै अनुमती नै नलिई अवैध ढंगले बधशाला निर्माण गरीनु गलत भएको र तत्काल प्रशासनको अनुमतीमा रोक लगाईने बताए ।

स्कुल तथा मन्दिरको आसपासमा लुकेर व्यवासयीहरुले ठुला पशु बध गर्न बध शाला निर्माण गर्दा फोहोर सँगै बाल मनोविज्ञानमा समेत असर पुगेको बताएका छन् ।

नगरपालिकाले भने वडामा निर्माण गरिएका बधाशाला मध्ये एउटाले मात्र अनुमती पाएको अन्यले आँफुखुशी विना मापदण्ड निर्माण गरेका कारण नियमनको खाँचो रहेको बताएको छ । नगर पशु विकास अधिकृत विश्वनाथ गौतमले मन्दीर र विद्यालय आसपासमा निर्माण हुन लागेका बधशालाहरु विना मापदण्ड र विना अनुमतीका भएका कारण तत्काल नियन्त्रण हुनुपर्ने बताए ।

धमाधम अबैध रुपमा वधशाला निर्माण हुन लागेपछि कुश्मा नगर पालिका ४ का स्थानीयले गुनासो गर्न थालेपनि सरसफाईको क्षेत्रमा काम गदैै आएको एकता युवा क्लवले समेत वडामा दुर्गन्ध फैलाउने व्यवसायीलाई कार्वाहीको माग समेत गरेको छ ।

स्थानीयलाई असर पुग्ने गरी कुनै पनि संरचना बनाईनु नराम्रो पक्ष भएको अध्यक्ष अचुती तिवारीले बताउनु भयो । वाडा न ४ मा मात्रै तीन वटा बधशाला निर्माण हुनुले दुर्गन्धसँगै रोगको महामारी बढेको वडाबासीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ