‘मानव भीडमा हराएको संवेदनशीलता’

‘मानव भीडमा हराएको संवेदनशीलता’

Badri Wagle
  • बद्रीप्रसाद वाग्ले 

बारा र पर्साका विभिन्न गाऊँमा आएको हावा र हुरीले निम्त्याएको विपत्ति कल्पना भन्दा धेरै बाहिर छ । हावाहुरीले यति धेरै क्षति पु¥याउने आँकलन गर्न नसकिएको स्वयम् जल तथा मौसम विज्ञान विभागले स्विकारिसकेको छ । त्यहाँ भएको मानविय र भौतिक क्षतीले फेटा र महागढी गाऊँपालिका सामान्य अवस्थामा आउन लामो समय लाग्ने देखिन्छ ।

भिआपीको आगमनमा हराएका पीडित

हावाहुरीबाट पीडित भएकाका लागि राज्यबाट समयमानै यथोचित सहयोग सहित भिआपीको आगमन हुनेमा पीडित आशावादी भएर बसेका थिए तर अवस्था त्यस्तो भएन । भिआपीका गाडीहरु लर्को लागेर आए र उनीहरुको सुरक्षामा ठूलो टीम खटियो । भिआपीहरु सामान्य रुपमा घाईतेलाई अस्पतालमा गएर हेरे, सामान्य हेरे अनि फर्के । घाइतेलाई उहाँहरु आफूलाई केही सोध्लान् भन्ने आश थियो तर भएन । जसले घाईते र आफन्तलाई खिन्न मात्र पा¥यो । उता भिआपीलाई ल्याउन स्थानीय नेता तथा कार्यकर्ताले गरेको प्रयास, उनीहरुको तामझाम र सुरक्षाकर्मीले व्यवहारले पीडितलाई दुःखीमात्र बनाउने काम ग¥यो ।

बालबालिकाको अवस्था दयनीय

विपद्को समयमा सबैभन्दा संवेदनशील वर्गभित्र बालबालिका पर्दछन् । बालबालिकाले अभिभावक गुमाएका छन्, आफन्त गुमाएका छन्, बासस्थान गुमाएका छन् । उनीहरुलाई अझ बढी माया, सम्मान र संरक्षणको आवश्यकता हुने गर्दछ । तर प्रभावित स्थानमा सो अवस्था देखिएन । उनीहरु टोलाएका र शव्दविहीन छन् । थाहा पाउने उमेर नभईसकेकाहरु भोक लागे रुन्छन् ।

आमाको मृत्यु हुनेहरु, अस्पतालमा हुनेहरु आमाको खोजीमा रोईरहेका देखिन्छन् । केही बुझ्नेहरु गाउँमा आएका व्यक्तिहरु हेर्दै बस्छन् । न उनीहरु बोल्न सक्छन्, न के भएको हो बताउने अवस्थामा थिए, न त कुनै सुरक्षाको महशुस गरेका थिए । हजारौं मानिसहरुको बीचमा बालबालिका केवल एक्ला थिए, कसैले महत्व दिएका थिएनन् ।

रमितेको भीड

हावा हुरीबाट भएको क्षतीको यकिन आँकलन खासै भएको पाइएन । हजारौँ मानिसहरु घटनास्थलमा ओहोर दोहोर गरेको पाइयो । कसैले केही सहयोग गरेको पाईएन । त्यति ठूलो भीडलाई हिजो मात्र सरसफाइमा खटाउन सएिको भएमा क्षती भएको गाउँ केही सम्हालिन खोजेको आभास हुन्थ्यो । त्यहाँ नेतृत्व कसले लिने ? सयौको संख्यामा सुरक्षाकर्मी परिचालन भएर सुरक्षा र खाद्यान्नमा केही व्यवस्थित गर्ने खोजिएको थियो तर प्रयाप्त थिएन । रमिते भीडलाई व्यवस्थापन गर्न र सवारी साधनको व्यवस्था गर्नमा नै ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका थिए । रमितेको भिड न हटाउन सकिने थियो न केही गर्न दिने अवस्थामा थियो । जुन अस्वभाविक रुपमा यत्रतत्र गफमा व्यस्त थियो ।

फेसबुके फेसन

घटना भएको स्थानमा पुग्दा मानिसको भीडले सेल्फी र घटनाको अवस्था प्रत्यक्षरुपमा फेसबुकमा देखाएको भेटियो । सबै गाऊँ शोकमा डुबेको अवस्थामा हावा हुरी कसरी आयो ? के भयो ? कहाँ हुनुहुन्थ्यो ? केही भएन? मान्छे मरेको घर कुन हो ? अहिले लास कहाँ छ नि ? जस्ता प्रश्न गरी लाइभ दिने प्रशस्त भेटिए । फेसबुक लाइभ र युट्युब च्यानलका लागि मात्र को भन्दा को कम अवस्थामा थिए । जसले मानव संवेदनशिलता कहाँ गएको छ भन्ने प्रष्ट देखियो ।

ब्यानर आतंक

हावाहुरीबाट पीडित भएकालाई सहयोग आउने क्रम सुरु भएको छ । सामान्य खाद्य सामाग्री सहित मानिसको उपस्थितिलाई सकारात्मक रुपमा लिनु र्ने हुन्छ र राहतले यस दुःखद घडीमा हामी पनि संगै छौ भन्ने सन्देश जानु पर्दछ । तर बास्तवमा त्यस्तो हुन सकेन । ब्यानर सहित सानो मात्रामा राहत सामाग्री ल्याएका मानिसले दौडँदै पीडित भएको ठाउँमा पुगी ब्यानर हातमा समाएर फोटो खिचेका दर्जनौ दृश्य अत्यन्त अस्वभाविक थियो । राहत पुग्नु पर्दछ, राहत पाउनु पर्दछ तर त्यहाँ विज्ञापनमुखी र ब्यानरमुखि राहत सामाग्रीले मानव संवेदनशिलतालाई गिज्याइरहेको थियो । यति हुँदाहुँदै पनि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको खटाई साह्रै प्रशंसनिय मान्नु पर्दछ ।

पुरुष हराएको गाउँ

घटना भएको ठाउमा घाईते तथा मृतक परिवार र घरवार विहिन परिवाका पुरुष व्यक्तिहरु रोजगार तथा अन्य कामको सिलसिलामा गाऊँ भन्दा बाहिर भएको हुँदा उक्त घटनाबाट सामान्य रुपमा फर्कन जिम्मेवार परिवारको सदस्यले भूमिका खेल्नु पर्दछ । मुस्लिम धर्मको बाहुल्यता भएको उक्त क्षेत्रमा निर्णायक भूमिका पुरुषको नै हुने पाइयो तर घर परिवारमा पुरुष सदस्य बाहिर भएको हुँदा महिला तथा बालबालिकाका थप जोखिममा परेको महसुश गर्न सकिन्छ ।

अस्पतालमा व्यवस्थापनको चिन्ता

हावा हुरीबाट १ हजार भन्दा बढी व्यक्ति घाईते भएको प्रारम्भिक तथ्यांकले देखिन्छ तर पनि कति घाईते भए भन्ने एकिन तथ्यांक भेटिएन । घाईतेको उपचारमा कार्यरत कलैया अस्पताल, नारायणी अञ्चल अस्पताल र नेशनल मेडिकल कलेजले बिरामीका आफन्तले बिरामी भेट्न आउँदा र अन्य व्यक्तिहरुले पनि बिरामी भेट्न खोज्दा अस्पतालमा अस्वभाविक भिड देखिएको जनाएको छ । उनीहरुले अस्पतालमा कार्यरत कर्मचारीलाई बारम्वार उक्त घटनाको बारेमा सोधखोज भै रहेकाले हैरानी बेहोर्नु परेको र बिरामी भेट्ने भिडलाई व्यवस्थापना गर्न अत्यन्त चुनौति रहेको छ ।

मेडिकल टीमलाई स्यालुट

कलैया अस्पतालमा जब १७ गते बेलुका ७ः३० बाट हावाहुरीबाट घाईते भएका उपचारका लागि आउन थाले, सानो मेडिकल टीम उपचारमा खटियो । घटना सामान्य होला भन्दाभन्दै अस्पतालमा यति धेरै घाईते आउन थाले, स्टक औषधी केही समयमा नै सिद्धियो । घाईतेलाई अवस्था हेरी कालो, रातो, पहेलो निलो गरी ४ समूहमा बाँडियो । आएका बिरामी हेरी मृत्यु भएकालाई कालोमा छुट्टायो र मतलव गरेन, सिरियस भएका बिरामीलाई रातोमा राखि प्रारम्भिक उपचार पछि रेफर ग¥र्यो । निलोलाई बेड तथा भुईमा राखि उपचार ग¥र्यो भने सामान्य घाईतेलाई सामान्य उपचार पछि घर फर्काईयो । राति २ वजे सम्म मेडिकल टिमले अन्त्यन्त संयमता अपनाई उपचारमा व्यस्त भयो । त्यसपछि घाईते आउन छाडेपछि केही राहत भएको महसुश ग¥र्यो । कलैया अस्पताल उपकरण विहिन भएको अवस्थामा पनि जुन किसिमले धैर्यताका साथा कामका खटिएको थियो त्यो आफैमा स्यालुट गर्नु पर्ने देखिन्छ । अर्कोतर्फ नेशनल मेडिकल कलेज, विरगंजले हावाहुरी बाट घाईते भएका सबै विरामीको निःशुल्क उपचारको व्यवस्थाका साथै कुरुवालाई समेत खानको निःशुल्क व्यवस्था गर्नुले प्राइभेट क्षेत्र पनि प्राकृतिक विपद्को नजिकको सहयोगी रहेको आफूलाई प्रमाणित ग¥यो ।

[बद्रीप्रसाद वाग्ले, बाल अधिकार श्रोत व्यक्ति, केन्द्रीय बाल कल्याण समिति । हाल: सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ हेटौडा]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ