चितुवाको आक्रमणबाट तनहुँको जोखानीकी ४ वर्षिया बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँको जोखानीकी ४ वर्षिया बालिकाको मृत्यु

4 year girl

बाघको आक्रमणमा परेकी चार वर्षीया बालिका अस्मिता लम्साल । तस्बिर : गिता रखली थापा मगरको फेसबुकबाट ।

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नम्बर ४ जोखानीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ ।आफ्नो घरनजिकै खेल्दै गरेकी स्थानीय चार वर्षीया अस्मिता लम्सालको उपचारका लागि ल्याउने क्रममा रत्नहरि अस्पताल दमौलीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

लम्सालको बिहिबार साँझ साढे ज्यान गएको प्रहरीले जनाएको छ । बालिकाको शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालिकाको शव पोस्टमार्टम शुक्रबार हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ