Gandak News
Our News Your Views
Url

बागलुङको ढोरपाटन नगरपालिकामा भवन निर्माण सम्बन्धि आचारसंहिता लागू हुन सकेन

बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिकामा भवन निर्माण आचारसंहिता लागू हुन सकेको छैन । नियमनका लागि नगरपालिकाले ठोस कदम नचाल्दा जग्गा पास नगराई धमाधम भवनहरु निर्माण भइरहेका छन् ।

Loading...

नगरपालिकाको बुर्तिबाङ बजार क्षेत्रमा अझै पनि पुरानै ढाँचामा भवन निर्माण भइरहेका छन् । जग्गा पास नगरिकनै धमाधम भवन निर्माण हुँदा बजार अव्यवस्थित हुने देखिएको हो ।

नियम विपरीत भवन निर्माण रोक्नका लागि नगरपालिकाले विभिन्न कानुनहरु बनाएको र यसको कार्यान्वयनमा लाग्ने नगरपालिकाका प्रमुख देव कुमार नेपालीको भनाइ छ । दुई वर्ष बित्न लागिसक्दा पनि नगरपालिकाले भवन आचारसंहिता लागायतका विषयमा नीति निर्माण गर्न ढिलासुस्ती गरिरहेको छ ।

नगरपालिकाले जनताको चाहानाविपरीत कार्य गरेको बताउँदै बजार क्षेत्रलाई नगरपालिकाले व्यवस्थित बनाउन नसकेको स्थानीयको गुनासो छ । अहिलेसम्म भवन बनाउँदा बाटो, नालीलगायत अन्य विभिन्न विकासका पूर्वाधार बन्न सकेका छैनन् । नगरप्रमुखले नै नियमविपरीत ८ तले भवन बनाएकाले आचारसंहिता लागू गर्न आनाकानी गरिरहेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?