रुखले च्याप्दा स्याङ्जामा एक महिलाको मृत्यु, बागलुङमा ढुङ्गाले लागेर वृद्धाको मृत्यु

रुखले च्याप्दा स्याङ्जामा एक महिलाको मृत्यु, बागलुङमा ढुङ्गाले लागेर वृद्धाको मृत्यु

Death female

पोखरा । रुखले च्याप्दा स्याङ्जामा एक महिलाको मृत्यु भएको छ । शनिवार खेतमा धान गोडिरहेको अवस्थामा बरको रुख ढलेर थिच्दा १ महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखले थिचेर स्याङ्जा चापाकोट नगरपालिका – १० किसान विरुवाकी ५८ बर्षिया निनी कुमारी गाहाको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

यस्तै,  बागलुङमा माइतिबाट घर फर्कने क्रममा ढुङ्गाले लागेर एक वृद्धाको मृत्यु भएको छ । शनिवार बागलुङ नगरपालिका-८ सिगाना स्थित गुवाखोलामा काठेखोला गाउँपालिका- २ भिमपोखरा बस्ने ७५ बर्षिया अच्छि गिरीको ढुङ्गाले लागेर मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

गिरीलाई बागलुङ नगरपालिका -९ तित्याङ स्थित माइति घरबाट आफ्नै घर फर्कदै गर्दा गुवाखोला तर्ने क्रममा अचानक माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।

ढुङ्गाले लागेर घाइते भएकी गिरीलाई उपचारको लागी अंचल अस्पताल धवलागिरी लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ