बागलुङको तुरतुरे ताल फुट्यो, मध्यपहाडी लोकमार्ग २ सय मिटर बगायो

बागलुङको तुरतुरे ताल फुट्यो, मध्यपहाडी लोकमार्ग २ सय मिटर बगायो

khola

बाग्लुङ । गुल्मीसँग सिमाना जोडिएको बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी लोकमार्ग नै बगाएपछि आवतजावत बन्द भएको छ । गत वर्ष भदौमा पहिरो खसेर बनेको कृत्रिम ताल तुरतुरे एक वर्षपछि फुटेको हो । अबिरल वर्षासँगै बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे (ठूलो भर्याङ) भन्ने स्थानमा चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो । सो तालमा पर्यटन व्यवसायीहरुले डुंगा समेत सञ्चालन गर्दै आएका थिए ।

तालमा पानीको चाप बढेपछि गएराति करिब १ बजेतिर ताल फुटेको स्थानीयले बताएका छन् । तालको पानी घट्न थालेपछि त्यस स्थानमा डुबानमा परेका घरहरु र खेतहरु पनि देखिन थालेको छ । गत वर्ष पहिरोले खोला थुनिएर ताल बन्दा बाग्लुङको सिमलचौरका चार घर डुबानमा परेका थिए । पहिरोमा जोखिमपूर्ण यात्रा गर्दा एक जनाको ज्यान पनि गएको थियो ।

२ सय मिटर सडक बगायो

ताल फुटेसँगै बडिगाड गाउँपालिकाको भिमगिठेमा मध्यपहाडी राजमार्गको २ सय मिटर पिच बाटोसमेत बगाएको छ । बाटो बगाउँदा गुल्मी हुँदै बाग्लुङ–बुर्तिबाङतर्फ आवत–जावत अवरुद्ध भएको छ । पैदल हिँड्ने बाटोसमेत बाँकी नराखेको स्थानीयको भनाइ छ ।

ताल फुटेर बाढी आएपछि नदी किनारमा रहेका बाग्लुङका भिमगिठे, खारा, खरबाङ र गुल्मीका भुवाचिदी, मजुवा चोरकाटे, उल्लीखोला, रिडीसम्मका नदी किनारका मानिसहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ । तालको पानी बग्न थाले पनि कुनै मानवीय क्षती भने भएको छैन ।

http://gandaknews.com/badigad/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds