पोखरा बाघमारामा तीज महोत्सव तथा स्व. रबिन्द्र स्मृति पुरुष भलिबल प्रतियोगिता सुरु

पोखरा बाघमारामा तीज महोत्सव तथा स्व. रबिन्द्र स्मृति पुरुष भलिबल प्रतियोगिता सुरु

bagmara (1)

पोखरा ३३ बाघमारामा तीज महोत्सव शनिबारदेखि सुरु भएको छ । बागमारा युवा संगम समूहको आयोजनामा महोत्सव सहित भलिबल प्रतियोगिता आयोजना भएको हो ।

हिन्दू नारीहरुको महान चाड तीजको अवसरमा महोत्सव सँगै स्व. रबिन्द्र अधिकारीको स्मृतिमा पुरुष भलिबल समेत आयोजना गरिएको आयोजकले स्पष्ट पारेको छ । शनिबार एक समारोहका बीच गण्डकी प्रदेश सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले उद्घाटन गरे । कार्यक्रम भदौ १६ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा १२ टिमको सहभागीता रहेको खेलमा प्रथम हुनेले २० हजार नगद प्राप्त गर्नेछन् । महोत्सवमा तीज गित प्रतियोगितासँगै घैटो फुटाउने, डोरी तान्ने, छेलो हान्ने खेल पनि समावेश गरिएको छ । तीज गित प्रतियोगितामा प्रथम हुनेले १५ हजार नगद गर्नेछन् । अन्य खेलका विजेतालाई पनि नगदसँगै विविध पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds