कलेजस्तरीय वक्तृत्वकला प्रतियोगितामा कँडेल प्रथम

कलेजस्तरीय वक्तृत्वकला प्रतियोगितामा कँडेल प्रथम

mike

छैटौं राष्ट्रिय परिवार नियोजन सेवा दिवस अवसरमा भएको अन्तर कलेजस्तरीय वक्तृत्वकलाप्रतियोगितामा गण्डकी मेडिकल कलेजकी कृतिका कँडेल प्रथम भएकी छन् । ‘किशोर किशोरीको सहभागिता, परिवार योजना सेवाको सुनिश्चितता’ विषयक प्रतियोगितामा गण्डकी मेडिकल कलेजकै नीशा भूर्तेल द्वितिय र कालिका मल्टिपल क्याम्पसकी समीक्षा चपाई तृतीय भएकी छन् ।

प्रतियोगितामा ५ वटा कलेजका १० जना सहभागी थिए । विश्व सिग्देलको संयोजकत्वमा गठित निर्णायक समितिको सदस्यमा उमेशराज पराजुली र नवराज तिवारी थिए । विजेता विद्यार्थीलाई नेपाल
परिवार नियोजन संघका केन्द्रीय सदस्य अर्जुन सिग्देलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।प्रतियोगिता निर्णायक एवं विश्लेषक विश्व सिग्देल, संघका सचिव उमेशराज पराजुली, नेपाल
प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल, नेपाल परिवार नियोजन संघ केन्द्रीय युवा समिति सदस्य नारायणी त्रिपाठी र शाखा प्रबन्धक यमनाथ पौडेलले बोलेका थिए । नेपाल परिवार नियोजन संघ
कास्की सभापति नीरञ्जन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष नानु रेग्मीले स्वागत र
केन्द्रीय युवा समिति सदस्य विष्णु अधिकारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ