पर्वतका ८ वर्षीय बालककाे काठमाण्डाैमा अपहरणपछि हत्या

पर्वतका ८ वर्षीय बालककाे काठमाण्डाैमा अपहरणपछि हत्या

prayas-kuwar-1

काठमाडौंमा बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

बालकको शव म्हेपीमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

पर्वतको बिहादी गाउँपालिका वडा नं २ बर्राचौर घर भएका बालकका परिवार काठमाडौंकाे गोंगबुमा हाेटल संचालन गर्दै अाएका छन् ।

स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक समेत रहेका प्रवीण कुँवरका ८ बर्षिय छोरा प्रयास होटल परिसरमै खेलिरहेका बेला मंगलबार साँझबाट सम्पर्कविहीन भएका थिए ।

मृतक बालक प्रयासका हजुरबुवा ओमप्रसाद कुवँर बिहादी वडा नं २ का अध्यक्ष हुन ।

प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए ।

यसैबीच, प्रहरीले अपहरणपछि हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ