वडा अध्यक्षकै अग्रसरतामा आफ्नो प्लटिङ्गमा बाटो लैजान बन फडाँनी !

वडा अध्यक्षकै अग्रसरतामा आफ्नो प्लटिङ्गमा बाटो लैजान बन फडाँनी !

Santedada ban2

तनहुँ । शुक्लागण्डकी नगरपालिका वडा नं. ३ का अध्यक्ष रामकुमार श्रेष्ठकै अग्रसरतामा वन फडानी भएको छ । वडा अध्यक्ष श्रेष्ठले पदको दुरुपयोग गर्दै सामुदायिक जंगल फडानी गरेर आफ्नो प्लटिङ्ग गरेको बारी सम्म बाटो लगेको श्रोतले बतायो ।

शुक्लागण्डकी नगरपालिकाको वाड नं. ३ सन्तेडाँडामा प्लटिङ्ग गरिएको आफ्नो जग्गामा बाटो लैजाने नाममा श्रेष्ठले वन फडानी गरेको खुलेको हो । शुक्लागण्डकी नगरपालिकाबाट करिब २ लाख रुपयाँ बजेट विनियोजन गरेर आफ्नो पाखोबारीसम्म जाने बाटो खन्ने क्रममा जंगल फडानी भएको हो ।

सो ठाउँमा स्थलगत अनुगमनमा गएका जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले वडा अध्यक्ष श्रेष्ठले जंगल फडानी गरेको अनुगमनका क्रममा आफुले पाएको बताए । समन्वय प्रमुख वाग्लेले वडा अध्यक्ष श्रेष्ठले गलत काम गरेको बताए ।

शुक्लागण्डकी नगरपालिका वडा नं.–३ को सन्तेडाँडा सार्वजनिक स्थानमा काटिएका करिब ८० क्यूफिट गोलीया काठ र करिब दुई ट्रयाक्टर दाउरा आइतबार नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बावुराम उप्रेतीले बताए ।

उप्रेतीले भने,‘काठ र दाउरा नियन्त्रणमा लिएका छौ,कस्ले फडानी गरेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ । आरोपित वडा अध्यक्ष श्रेष्ठसँग वन फडानीको बिषयमा सम्र्पक गर्दा उपभोक्ता समितिले हुलाकी मार्ग निर्माणका क्रममा केही रुख काटिएको बताए ।

श्रेष्ठले भने,‘जंगल फडानी गरेको सम्बन्धमा शुक्लागण्डकीकै केही ब्यक्तिले आफुलाई फसाउनका लागि नियोजित रुपमा लागि परेको बताए । वडा अध्यक्ष श्रेष्ठ बिभिन्न बिषयमा पटक–पटक विवादमा पर्दै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ