साउन २ गतेको नेपाल बन्द फिर्ता, लोक सेवा विज्ञापन विरुद्ध जनजातिको आन्दोलन यथावत्

साउन २ गतेको नेपाल बन्द फिर्ता, लोक सेवा विज्ञापन विरुद्ध जनजातिको आन्दोलन यथावत्

No banda

काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघले घोषणा गरेको  साउन २ गतेको ‘नेपाल बन्द’ फिर्ता लिएको छ । लोकसेवा आयोगको विज्ञापनमा आरक्षण लागू नभएको विरोधमा महासंघलगायत विभिन्न संस्थाले संयुक्त रूपमा आन्दोलन जारी राखेका छन् ।

‘मुलुकमा बाढीपहिरो गइरहेका बेला बन्द गर्नु अनुचित भन्ने भयो,’ महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले भने, ‘त्यसैले प्रदर्शनमात्र गर्ने कार्यक्रमलाई अघि बढाई पूर्वघोषित बन्दको कार्यक्रम फिर्ता लिइएको छ । विरोधका अन्य कार्यक्रम यथावत् छन् ।’

आन्दोलनमा राष्ट्रिय अपांग महासंघ, मधेसी, मुस्लिमलगायतका संस्था संलग्न छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds