गोरखाको महेन्द्र मावि लाई बन्जराद्वारा पाँच थान फिल्टर प्रदान

गोरखाको महेन्द्र मावि लाई बन्जराद्वारा पाँच थान फिल्टर प्रदान

sahayohg1

गोरखा । गोरखाको महेन्द्र मावि लाई चितवन रत्ननगर नगरपालिका वडा नम्बर १५ घर भइ हाल हङकङ बस्दै अाएका अाकाश बन्जराले विद्यालय लाई फिल्टर प्रदान छन् । विद्यालयमा रहेका विद्यार्थिहरुले शुद्द पानी पिउन पाउनुपर्छ भन्ने मान्यता सहित बन्जराले जार सहितकाे फिल्टर प्रदान गरेका हुन ।

विद्यालयका कक्षाकाेठामा राखेर विद्यार्थिहरुले फिल्टर गरेकाे पानी पिउन पाउने भएका छन । फिल्टर प्रदान गर्ने बन्जरा प्रति विद्यालयले अाभार व्यक्त गर्दै अागामि दिनमा पनि यस्तै सहयाेगका लागि स्वागत गर्ने विद्यालयका सहायक प्रधानाध्यापक भिमनारायण मल्लले बताए । विद्यालयमा फिल्टर प्राप्त भएपछि शुद्ध पानी पिउन पाइने भन्दै विद्यार्थिहरु खुशि भएका छन ।
विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुकाे राेहवरमा सामग्रि हस्तान्तरण गरिएको पत्रकार राजेन्द्र न्यौपानेले बताए । सामाजिक सेवा भावका धनी बन्जराले अागामि दिनमा फेरि ताइवान एकता समाजकाे सहयाेगमा पुन सकेकाे सहयाेग गर्ने बताएका छन । गोरखा जिल्लाकाे गोरखा नगरपालिका वडा नम्वर १२ मा रहेकाे महेन्द्र मा.वि.मा अधिकाँश कुमाल समुदाय सहित विभिन्न समुदायका ७५१ जना बालबालिकाहरु अध्ययन गर्दै अाएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ