यस्तो बन्ने भो भालु पहाड ! ४५ करोडको गुरुयोजना, २३ फिटको शिव र बुद्धको मूर्ति (भिडियो सहित)

यस्तो बन्ने भो भालु पहाड ! ४५ करोडको गुरुयोजना, २३ फिटको शिव र बुद्धको मूर्ति (भिडियो सहित)

Bhalupahad

पोखरा ५ असोज । स्याङ्जाको भालु पहाडलाई उत्कृष्ट टुरिजम स्पोट बनाइने भएको छ । पर्यटकिय स्थलको रुपमा पहाडलाई थप आकर्षक बनाउन फेदिखोला गाँउपालिकाले गुरुयोजनानै तयार पारेको छ । ४५ करोड लागतको गुरुयोजना अनुसार भालु पहाडमा मानव निर्मित थुप्रै संरचना थपिनेछ । जुसले यो पहाडलाई जिल्लाकै उत्कृष्ट पर्यटकिय स्थलको रुपमा विकास गर्नेछ ।

पोखराबाट २८ किलोमिटरको दुरीमा सिद्धार्थ राजमार्गको किनार स्याङ्जाको फेदिखोला गाँउपालिका स्थित यो पहाड प्राकृतिक रुपमम निकै आकर्षक छ । फेदिखोला गाँउपालिकाले भालुपहाड एकिकृत गुरुयोजना नै तयार गरेको छ । खोला घुमेर बगेको विच पहाडलाई तिर्थस्थलको रुपमा समेत विकास गर्ने योजना गाँउपालिकाको छ ।

https://youtu.be/8rCA3BmMAgU

योजना अनुसार लुम्बिनीबाट पोखरा हुदै मुक्तिनाथ जाने हिन्दु र बौद्ध धर्मावलम्बी तिर्थयात्रीलाई लक्षित गरी शिब र बुद्धको मूर्ति बनाइनेछ । २३ फिट अग्लो भगवान शिब र बुद्धको मूर्ति बनाइने र दुई मूर्तिलाई जोड्ने गरी विचमा १४ मिटर लामो र १० मिटर अग्लो काठको पुल निर्माण गरिनेछ ।

पहाडी भु बनोट सुहाउदो बिशिष्ट टुरिजम स्पोट बनाउने क्रममा सिद्धार्थ राजमार्गबाट जानका लागि २०० देखि साढे दुई सय वटा आकर्षक सिँढी निर्माण गरिनेछ । अर्को तर्फबाट आउनका लागि खोला माथि १७५ मिटर लामो झोलुङ्गेपुल निर्माण गरिनेछ । पहाडमा स्थानीय संस्कृति झल्कने दृष्यसहित बाल उद्यान, वाटर फाउण्टेन चमेना गृह लगायत रहनेछ । राजमार्गबाटनै प्रष्ट देखिन सक्ने गरी निर्माण गरिने शिव र बुद्धको मूर्तिले राजमार्गका यात्रुलाई पनि आकर्षित गर्ने विश्वास लिइएको छ । पहाड आसपास पदमार्ग निर्माण गरिने, जिप फ्लाईङ , खोलामा स्टिमर चलाउने र नजिकको बस्तीमा होम स्टे चलाउने योजना समेत गाँउपालिकाले अघि सारेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds