तनहुँमा चितुवा पछि भालु आतंक, आक्रमणबाट ६५ वर्षीय वृद्ध घाइते

तनहुँमा चितुवा पछि भालु आतंक, आक्रमणबाट ६५ वर्षीय वृद्ध घाइते

solukhumbu11

तनहुँ । तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ्ग स्थित खड्कागाउँमा भालुले आक्रमण गर्दा एक जना वृद्ध घाइते भएका छन् । शनिबार बिहान करिब ५ बजेको समयमा घर बाहिर निस्केका ६५ वर्षीय चिजबहादुर कुँवरलाई अचानक भालुले आक्रमण गरेको थियो ।

कुखुरा फार्म कुर्न बसेका कुँवर बिहानै कुखुरा दच्किएर कराएपछि के भयो भनि घर बाहिर निस्कदा भालुले आक्रमण गरेको घाइते कुँवरका छोरा रामकृष्ण कुवँरले जानकारी दिए । भालुले अक्रमण गर्दा कुवाँरको बायाँ हात र खुट्टामा चोट लागेको छ । बायाँ खुट्टामा गम्भिर चोट लागेका कुवँरको अहिले पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ