तनहुँको भन्सारमा लागुऔषध तथा दुर्ब्यसनिको अवस्था बारे लर्निङ्ग होमको छलफल

तनहुँको भन्सारमा लागुऔषध तथा दुर्ब्यसनिको अवस्था बारे लर्निङ्ग होमको छलफल

Bhansar

तनहुँ । तनहुँको भानु नगरपालिका १ भन्सारमा लागुऔषध तथा दुर्ब्यसनिको अवस्था बारे शनिबार छलफल सम्पन्न भएको छ ।

लर्निङ्ग होम फाउन्डेसन नेपालको सक्रियतामा उक्त कार्यक्रम भएको फाउन्डेसनका परामर्शक इश्वर बास्तोलाले बताए । समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एबम सुरक्षित समाजका लागि उक्त कार्यक्रम गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा लर्निङ्ग होम फाउन्डेसनका परामर्शक ईश्वर बास्तोलाले गाउँ एबम शहर नै दुर्ब्यसनको प्रकोपमा परेको बताए । युबाहरु निसंकोच लागुपदार्थको दलदलमा फस्दै गइरहेका उनले बताए ।

आर्थिक भार, बेरोजगार, अस्तब्यस्त जिन्दगि बढदो शहरीकरणको प्रभाबले साथिसङ्गत बेवास्ता, लापरबाही, तडकभडक जस्ता समस्याको कारणले गर्दा युबाहरु दिनानुदिन लागुऔसधमा फस्दै गइरहेका उनको भनाई थियो ।

यस्तो परिस्थितिमा समाजमा क्रियाशिल आमासमुह, युवा क्लब सक्रिय भएर लाग्नुपर्ने उनले बताए । प्रहरी प्रतिनिधि निरज डाङ्गीले आजकलका युबाले सिनेमा जगतका हिरो हिरोईनको सिको गर्दै भड्किलो पहिरन, देखावटी चालचलन, आधुनिकताको आडमा मदिराजन्य पदार्थ संग आकर्षित हुन थालेको बताए ।

कार्यक्रममा फाउन्डेसनमा कार्यरत प्रितम श्रेष्ठले वास्तविक जिबन कथा , दुर्ब्यसनिको परिणाम, असर र जोखिम जस्ता समस्याले जेल, अस्पताल र मृत्युसम्म चरम यातना भोगेको अबस्था बारेमा बताएका थिए । सुधार केन्द्रको सकारात्मक मार्गदर्शनकै परिणामस्वरूप युथ भिजन भैरहवामा १७ महिनाको उपचार नयाँ जिवन सुरु गरिरहेका छन ।
त्यस्तै भानु १ का वडाअध्यक्ष प्रेम लामाले समाजलाइ दुर्व्यसन रहित बनाउन युवाहरुमा सक्रियता ल्याउन युवामुखी स्वरोजगारमुखी कार्यक्रम आफ्नै कार्यकालमा ल्याउने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन प्रहरी मान बहादुर भट्टले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ