तनहुँको भानुमा चितुवाको आक्रमणबाट ९ वर्षिया बालिकाको मृत्यु

तनहुँको भानुमा चितुवाको आक्रमणबाट ९ वर्षिया बालिकाको मृत्यु

chituwa

तनहुँ । तनहुँको भानुमा चितुवाको आक्रमण बाट बालिकाको मृत्यु भएको छ ।

शुक्रबार साझ ७:१५ बजेको समयमा तनहुँको भानु नगरपालिका वडा नम्बर २ भकुण्डोथोककी वर्ष ९ की पुष्पा अधिकारीको चितुवा आक्रमणबाट मृत्यु भएको हो ।

ईश्वर अधिकारीको छोरी साझ आफ्नै घरको खेलिरहेको अबस्थामा एक्कासि चितुवाले आक्रमण गरेको हो ।

घर देखि अन्दाजी ५ सय मिटर घरमाथिको खरबारीमा अधिकारी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अधिकारीको घाटिमा चिथरेको डाम रहेको र शरिरको अन्य भागमा क्षती नपुराएको प्रहरीले जनाएको छ ।

अधिकारी विश्वज्योति प्राविको कक्षा २ मा अध्ययनरत थिइन ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्र.ना.नि पुर्ण बहादुर थापाको कमाण्डमा ४ र इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट प्र. नि. निरज डांगिको कमाण्डमा ५ जनाको टोलि उक्त स्थानमा गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ