अवैध कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

अवैध कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

bharatiy nagarik
बुटवल । नेपाल बसेर अवैध कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अवैध कल बाइपास ९भीओआईपी०मा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ काटागाउँस्थित मैनुद्धीन धुनियाको घरमा डेरा गरी बस्ने भारतको सुनौली घर भएका २६ वर्षी खुर्सेद अन्सारी छन् ।

विशेष सूचनाका आधारमा उनी बस्ने कोठामा छापा मार्न पुगेको सिआईबीको टोलीले अवैध कल बाइपासमा प्रयोग हुने विभिन्न उपकरण समेत बरामद गरेको छ । उनको कोठाबाट २ थान ल्यापटप, ३२ थान एरिएल, १ थान राउटर, २ थान डिभाइस, १ थान युपीएस, २ थान चार्जर तथा १३ ओटा सिम फिट गरिएको सिम पोर्ट १ थानलगायत सामग्री बदारम भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds