भ्रष्टाचारको जगमा समृद्धिको यात्रा अघि बढ्न सक्दैन: वरिष्ठ नेता पौडेल

भ्रष्टाचारको जगमा समृद्धिको यात्रा अघि बढ्न सक्दैन: वरिष्ठ नेता पौडेल

RCPaudel

तनहुँ । भ्रष्टाचारको जगमा समृद्धिको यात्रा अघि बढ्न नसक्ने नेपालि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । निर्मल माविको स्वर्ण महोत्सवको समारोहमा बोल्दै पौडेलले सो कुरा बताएका हुन ।

“सरकार बनेको १ वर्ष भइसक्यो तर यहा विकास, प्रगति र सम्वृद्धिको कुनै रुप रेखा देखिदैन ।“,वरिष्ठ नेता पौडेल भने । शिक्षामा नेपालले प्रगति गर्दै गईरहेको छ अब संविधानमा उद्घोष गरे जस्तै समाजबाद उन्मुख समाज निर्माण हुने उनले बताए ।

“भ्रष्टाचारको अन्त्य हुनुपर्छ, भ्रष्टाचार निरुत्साहित गरिनुपर्छ अनि मात्र विकास सम्भव हुने पौडेलले बताए । देश बनाउने हो भने सुशासन पहिले आवश्यकता हो, शान्ति अर्को आवश्यकता हो भने विकास अर्को आवश्यकता हो ।“ पौडेलले भने ।

तनहुँका ५९६ वटा विद्यालयले शिक्षामा राम्रो प्रगति गरिरहेको वरिष्ठ नेता पौडेलले बताए । सरकारले शिक्षामा अर्बौको लगानी गरेको छ तर लगानी अनुसार प्रगति भएको छैन । सरकारले गरेको लगानी निरर्थक भइरहेको वरिष्ठ नेता पौडेलले बताए ।

सिपयुक्त शिक्षा आजको आवश्यता हो । प्राकृतिक स्रोत साधनले धनी हाम्रो देश व्यवहारमा गरिब भएको उनले सो अवसरमा बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ