भिरबाट लडेकी २७ बर्षिय ताराको उपचारको क्रममै मृत्यु

भिरबाट लडेकी २७ बर्षिय ताराको उपचारको क्रममै मृत्यु

death body

 पोखरा । भिरबाट लडेर घाईते भएकी म्याग्दीकी २७ बर्षिय तारा दमाईको उपचारको क्रममा मृत्यु भएको छ ।

भिरबाट लडेर घाईते भएकी म्याग्दीको धवलागिरी गाउँपालीका वडा नम्बर ३ की तारा दमाईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत बुधबार (यही फागुन २३ गते) बिहान घरबाट घाँस दाउरा काट्न गएकी दमाई गाउँ नजिकै रहेको खिम्सा भिरबाट लडेर घाईते भएकी थिईन् । उनको बुधबार नै गाउँकै प्राथामिक स्वास्थ्य चौकीमा उपचारकै क्रममा मृत्यु भएकाे   थियाे ।
भिरबाट लडेर दमाईको बुधबार नै मृत्यु भएपनि बिहिबार मात्रै प्रहरीले जानकारी पाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds